सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गीतानगर जेसीज र गीतानगर जुनियर जेसीजको आयोजनामा सहिदहरुको सम्झनामा दिप प्रज्वलन


  •    न्युजभित्तो/१६ माघ २०७७, शुक्रबार २०:२६ 
  • रविन देवकोटा- चितवन,१६ माघ  ।  आज माघ १६गते सहिद दिवसको अवसरमा गीतानगर जेसीज र गीतानगर जुनियर जेसीजको संयुक्त आयोजनामा सहिदहरुको सम्झनामा दिप प्रज्वलन गरेको छ।

    भरतपुर ६ गीतानगर बि.पी.चोकमा नेपालको झण्डा अंकित चित्र बनाई दिप प्रज्वलन गरिएको हो। भरतपुर ६का वडा अध्यक्ष हरिबिलास कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम गीतानगर जेसीज बर्ष २०२१का अध्यक्ष जेसी अर्जुन पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो।

    उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी कोइरालाले सहिदहरुप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै सहिदहरुले नेपालको लागि बगाएको रगतलाई सधैं सम्मान गर्न र सहिदहरुलाई एकदिन मात्र हैन हरेक दिन सम्झनुपर्छ भन्दै सहिदहरुले देशको लागि गरेको त्यागबाट पाठ सिक्न समेत सबैलाई अनुरोध गर्नुभएको थियो।

    उक्त दिप प्रज्वलन कार्यक्रमको जु.जेसी शर्मिका कार्की कार्यक्रम संयोजक रहनुभएको थियो भने उक्त दिप प्रज्वलन कार्यक्रममा गीतानगर जुनियर जेसीज बर्ष २०२१का अध्यक्ष जु.जेसी बिन्दु कोइरालाले स्वागत मन्तव्य राख्नुभएको थियो।उक्त कार्यक्रम गीतानगर जुनियर जेसीज बर्ष २०२१कि महासचिव मनिता तामाङले संन्चालन गर्नुभएको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ
    परम्परागत सीप र हस्तकला आम्दानीको मुख्य स्रोत
    कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने
    • एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
    • छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
    • उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
    • दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.