भरतपुर, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भरतपुर महानगरपालिका वडा नं. १२ को भेला बिहीबार सम्पन्न भएको छ । माघ १७ गते केन्द्रीय बस टर्मिनल भरतपुरमा प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रमका विषयमा भेलामा छलफल भएको हो ।
उक्त भेलामा नेकपा केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य विजय सुवेदी, नेकपा केन्द्रीय सदस्य पुरुषोत्तम न्यौपाने, नेकपा प्रदेश कमिटी सदस्य शान्ति अधिकारी, नेकपा भरतपुर महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपाने, मदन भण्डारी फाउण्डेशन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराई, वासुदेव पौडेललगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
वडास्तरका १८० जनाभन्दा बढी नेता कार्यकर्ताको उपस्थितिमा भएको कार्यक्रमको अध्यक्षता तिलप्रसाद न्यौपानेले गर्नुभएको थियो । भरतपुर १२ का वडा सदस्य बिमला भट्टराईले स्वागत गर्नुभएको कार्यक्रम युवा नेता सुशील केसीले सञ्चालन गर्नुभएको थियो ।
सो अवसरमा शनिबार भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने जनसभालाई सफल पार्न टोलटोलबाट जनसहभागिता गराउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।