सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोभिड १९ विरुद्धको खोप राजनीतिक सामग्री बन्यो ः मन्त्री त्रिपाठी


  •    न्युजभित्तो/१६ माघ २०७७, शुक्रबार १३:५२ 
  • चितवन, १६ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड १९ विरुद्धको खोप राजनीतिक सामग्रीको रुपमा देखिएको बताउनु भएको छ । आज शुक्रबार भरतपुर अस्पतालमा खोप अभियानको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै उहाँले खोप प्राप्त गर्न कठिन भएको बताउनुभयो ।

    विश्वका केही देशहरुमा मात्रै केही उत्पादकहरुले यसका उत्पादन गरिरहेका भन्दै उहाँले भन्नुभयो “खोप स्वास्थ्य सामग्री भए पनि यसको प्राप्ती राजनीतिक सामग्रीको रुपमा देखिएको छ ।” कम्पनीसँग खरिद गर्दा धेरै पछाडि सूचीमा पर्ने भएकाले व्यक्तिगत रुपमा सम्बन्धित देशका राजदुतहरु, मन्त्रीहरु, उच्च प्रशासकको प्रभावलाई प्रयोग गरेर खोप
    उपलब्ध गराउने स्थितिमा आफूहरु पुगेको उहाँले बताउनुभयो । अब कोभिड १९ विरुद्धको खोप अभियान नरोकिने बताउँदै उहाँले निरन्तर रहने बताउनुभयो ।

    उहाँले भन्नुभयो “खोपको अभावमा कार्यक्रम रोकिंदैन ।” उहाँले पहिलो चरणको खोप नसक्किदै दोस्रो चरणका लागि खोप आईपुग्ने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो “खोप कार्यक्रम निरन्तर जारी रहने छ ।” युरोपमा पनि खोपको अभावमा कार्यक्रम रोकिएको बताउँदै उहाँले नेपालमा त्यस्तो स्थिति आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । पहिलो चरणमा भारत सरकारको अनुदानमा खोप प्राप्त गरेको स्मरण गराउँदै उहाँले अब भने सरकार खोप खरिदको प्रक्रियामा लागेको बताउनुभयो ।

    कम्तीमा तीन चरणको परीक्षण नगरिएको र कम्तीमा दुई देशमा प्रयोग नगरिएको खोप नेपाल भित्रिन नदिने बताउँदै
    मन्त्री त्रिपाठीले भन्नुभयो “नेपाललाई प्रयोगशाला बनाउन कसैले दवाव दिए पनि त्यो हुन दिंदैनौं ।” खोपको प्रभावकारिता र सुनिश्चितता प्राप्त भएपछि मात्रै खोपलाई आयात अनुमति दिईने उहाँले बताउनुभयो । खोप खरिद प्रक्रिया पारदर्शी हुने बताउँदै उहाँले दाताहरुले गर्ने नगद सहयोग पनि कोषमा जम्मा हुने बताउनुभयो । उहाँले भन्नुभयो “मन्त्रालयले स्वेतपत्र जारी गरी कति खोप खरिद गरियो, कति अनुदानमा आयो र कति खर्च भयो भन्ने स्पष्ट देखाईने छ ।”

    आफू मन्त्री बनेपछि तीन वटा कुरालार्ई प्राथमिकता दिएको बताउँदै मन्त्री त्रिपाठीले भन्नुभयो “पहिलो खोप नै हो, दोस्रो सबै पालिकामा अस्पताल र तेस्रो स्वास्थ्य क्षेत्रका कर्मचारीको मिलान रहेको छ ।” आफूले स्वास्थ्य क्षेत्रका कर्मचारीको मनोबल गिर्न नदिने गरी काम गर्ने बताउँदै उहाँले भन्नुभयो “तर कर्मचारीले जनताको मनोबल गिर्न दिनु हुँदैन ।” कर्मचारी समायोजन गर्दा आठ हजार स्वास्थ्य क्षेत्रका कर्मचारी अप्ठ्यारोमा परेको भन्दै उहाँले उनीहरुको मिलानको प्रक्रिया शुरु भईसकेको बताउनुभयो । उहाँले पहिलो चरणको खोप अभियान समाप्त पछि कर्मचारी मिलान हुने जानकारी दिनुभयो ।

    कार्यक्रममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी, निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. जगन्नाथ तिवारी, स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी, डा. युवानिधि बसौला, डा. कृष्णप्रसाद पौडेललगायतले खोपको उपयोगिताका बारेमा बोल्नु भएको थियो । बिहीबार साँझसम्म जिल्लामा ६०६ जनाले खोप लगाई सकेका छन् । जिल्लाका तीन ठाउँमा खोप केन्द्र स्थापना गरी पहिलो चरणको खोप कार्यक्रम सञ्चालन गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.