सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

श्री माध्यमिक बिधालय इन्द्रपुरीलाई गीतानगर जेसीजद्वारा शैक्षिक तथा खेलकुद सामाग्री वितरण


  •    न्युजभित्तो/१५ माघ २०७७, बिहीबार २०:१७ 
  • रविन देवकोटा- चितवन,१५ माघ । गीतानगर जेसीजले आज भरतपुर ६ इन्द्रपुरीमा रहेको श्री माध्यमिक बिधालय इन्द्रपुरीलाई शैक्षिक सामाग्री तथा खेलकुद सामाग्री वितरण गरेको छ।

    गीतानगर जेसीजका पुर्व अध्यक्ष जेसी राजु पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम गीतानगर जेसिज बर्ष २०२१का अध्यक्ष जेसी अर्जुन पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

    सो कार्यक्रममा सोही बिधालयमा अध्ययनरत २००जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा बिधालयलाई खेलकुद सामाग्री वितरण गरिएको हो। सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी जेसी राजु पौडेलले गीतानगर जेसीजले गरेको यो कार्य अत्यन्तै सरहानीय भएको र आगामी दिनमा यस्ता हरेक कार्यमा पुर्व अध्यक्षको तर्फबाट हुन पर्ने सहयोग गर्न आफू तप्पर रहेको समेत बताउनुभयो। कार्यक्रम बोल्दै गीतानगर जेसीजका अध्यक्ष जेसी अर्जुन पौडेलले आफ्नो कार्यकाल सुरु भएको छोटो समयमै महत्त्वपूर्ण कार्यक्रम गर्न सफल भएको भन्दै कुनै पनि ठाउँका बालबालिकाहरु बिधालयमा गएर पनि घरको आर्थिक अवस्थाले गर्दा कापी कलम किन्न अभाव भएमा सो बिद्यार्थीहरुलाई गीतानगर जेसीजको तर्फबाट हरपल सहयोग गर्न समेत तयार भएको बताउनुभयो।

    आज सम्पन्न सो कार्यक्रममा कार्यक्रम संयोजक गीतानगर जेसीज बर्ष २०२१का उपाध्यक्ष जेसी नवीन आचार्यले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रमलाइ गीतानगर जेसीज बर्ष २०२१का महासचिव प्रवीण पोख्रेलले संन्चालन गर्नुभएको थियोे।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ
    परम्परागत सीप र हस्तकला आम्दानीको मुख्य स्रोत
    कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने
    • एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
    • छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
    • उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
    • दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.