सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सामान्य दुःखले पार्टी एकता भएको थिएन : भट्टराई


  •    न्युजभित्तो/१५ माघ २०७७, बिहीबार १५:५२ 
  • इलाम, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता योगेशकुमार भट्टराईले अनेक प्रयत्नबाट सम्भव भएको पार्टी एकता मूल्यवान भएको बताउनुभएको छ । सदरमुकाममा नेकपाका कार्यकर्तासँगको छलफलमा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती स्वीकारेमा एकता सम्भव रहेको जिकिर गर्नुभयो ।

    पूर्वमन्त्री भट्टराईले जनताको बहुदलीय जनमत (जबज)को मुद्दालाई प्रधानमन्त्रीले नै कुल्चिएको आरोप लगाउँदै कानून मान्दा, लोकतान्त्रिक व्यवस्था स्वीकार्दा मात्रै जबज लागू हुने बताउनुभयो । संसद्मा पेश गरिएका कुनै पनि नीति, कार्यक्रम र बजेटमा फरक मतसमेत नराखी पारित गरिराखेकामा प्रधानमन्त्रीले पार्टीको असहयोग भन्नु गलत भएको भट्टराईले बताउनुभयो । सबै क्षेत्रबाट आन्दोलनमा लागे आगामी फागुन १५ सम्म प्रतिनिधिसभा पुनःस्थापित हुने भट्टराईले जिकिर गर्नुभयो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    • दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.