सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उपराष्ट्रपति स्वदेश फिर्ता 


  •    /१८ जेष्ठ २०७६, शनिबार १९:१६ 
  • काठमाडौँ / उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको भियनामा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी ‘आर–२० अष्ट्रियन विश्व सम्मेलन’मा सहभागी भइ आज स्वदेश फर्कनुभएको छ ।    
        
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले स्वागत अभिवादन गर्नुभयो । उपराष्ट्रपति पुनको स्वागतका लागि नेपाल सरकारका उच्च पदस्थ अधिकारी र सुरक्षा निकायका प्रमुख विमानस्थल पुग्नुभएको थियो । सो अवसरमा उपराष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो ।    
        
    अष्ट्रियामा रहँदा उपराष्ट्रपति पुनले त्यहाँका विशिष्ट व्यक्तिहरुसँग भेटघाट गर्नुका साथै इन्सब्रुकमा आयोजित सगरमाथा दिवस कार्यक्रममा सहभागी हुनुभएको थियो । सो सम्मेलनमा सहभागी हुन उहाँ यही जेठ १२ गते त्यसतर्फ जानुभएको थियो । भ्रमण टोलीमा उपराष्ट्रपति पुनकि धर्मपत्नी हस्तमाली पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत सहभागी हुनुहुन्थ्यो । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो
    स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ: प्रधानमन्त्री शाह
    धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर
    • एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
    • कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन
    • लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणको प्रभावकारी कार्यान्वयनमा जोड
    • साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.