चितवन, १४ माघ । भरतपुरवासीले ईच्छाकामनाका विपन्नलाई सहयोग गरेका छन् । ईच्छाकामना गाउँपालिका वडा नं ७, भालुमारामा भरतपुर हाइट टोल विकास संस्था भरतपुर १० ले आज बुधबार जाडोको न्यानो कपडा वितरण गरेको हो ।
भालुमारामा रहेको ५० विपन्न घर धुरीलाई प्रति धुरी एक ब्यालेङ्केटकासाथ आफ्ना जगेडा लुगा समेत समावेश गरी वितरण गरिएको हो । ईच्छाकामना वडा अध्यक्ष बमबहादुर थापा बिजयको प्रमुख आतिथ्यता तथा भरतपुर हाइट टोल विकास संस्थाका अध्यक्ष शिवराज गिरीको अध्यक्षतामा न्यानो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले बिपन्न बस्तिमा गरिएको सहयोगप्रति आभार ब्यक्त गर्नुभयो । पहाडी भेगमा जाडो बढी हुने र त्यस क्षेत्रमा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरु छन् भन्ने जानकारीमा आएपछि त्यस क्षेत्रमा न्यानो कार्यक्रम गर्दा बढी प्रभावकारी हुने उद्देश्यले सो स्थान छनौट गरी सम्पूर्ण टोलबासीको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको कार्यक्रम संयोजक अनिता खनालले जानकारी गराउनुभयो ।
कार्यक्रममा भरतपुर हाइट टोल विकास संस्थाका सचिव इन्दिरा भुषालले स्वागत मन्तव्य राख्नु भएको थियो भने संस्थाका सल्लाहाकार राजेश्वर खनाल, सदस्यहरु राममाया श्रेष्ठ, सावित्री शर्मा, बिमला बस्ताकोटी साथै ईच्छाकामना ७ का वडा सदस्य टेकबहादुर गुरुङ्ग, समाजसेवी मानबहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका सभाध्यक्ष एवं भरतपुर हाइट टोल विकास संस्थाका अध्यक्ष शिवराज गिरीले संस्थागतरूपमा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने परम्पराको थालनी गर्ने उद्दश्यले विकटमा रहेका विपन्न परिवारमा नयाँ लुगाको साथमा आफ्ना लगाउन योग्य जगेडा लुगाहरू समेत समावेश गरेर प्रदान गर्दा सहयोग अझै प्रभावकारी हुने बताउनु भयो। उहाँले आगामी दिनहरुमा पनि यस्तो कार्यलाई अभियानको रुपमा निरन्तरता दिने जानकारी गराउनु भयो।