सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन सर्वसम्मत हो : कांग्रेस


  •    न्युजभित्तो/१४ माघ २०७७, बुधबार १४:२३ 
  • काठमाडौँ, १४ माघ । नेपाली कांग्रेसले सर्वसम्मत निर्णय र एकमतका साथ पार्टी प्रतिनिधिसभा विघटनविरुद्ध निरन्तर आन्दोलनमा रहेको स्पष्ट पारेको छ । सभापति शेरबहादुर देउवाका निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरी सर्वसम्मतरुपमा विघटनपछि कांगे्रसले गत पुस १३ र पुस २५ गते तथा यही माघ ३ र माघ ८ गते सङ्घीय निर्वाचन क्षेत्रदेखि वडा तहसम्म प्रदर्शन सम्पन्न गरेको पार्टी कार्यालयले जनाएको छ ।

    यही माघ १३ गते केन्द्रीय कार्यसमितिको बैठकमा आन्दोलनको अर्को चरणको कार्यक्रम पनि त्यसरी नै सभापति देउवाका निर्देशनमा महामन्त्री खड्काले प्रस्तुत गर्नुभएर बैठकले सर्वसम्मतिले नै पारित गरेको कां्रग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । कांग्रेस केन्द्रीय समितिको मङ्गलबारको बैठकले यही माघ १९ गते पार्टीका भ्रातृ संस्थाले र माघ २४ गते शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा संयुक्तरुपले विरोध प्रदर्शन र विरोधसभाको आयोजना गर्ने निर्णय गरेको थियो ।

    यसैगरी आगामी फागुन ३ गते कांग्रेसका जिल्ला कार्यसमितिहरुले जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र सभा आयोजना गर्ने तथा जिल्ला कार्यसमिति एवं भ्रातृ र शुभेच्छुक संस्थाले यी कार्यक्रमलाई असर नपर्ने गरी अन्य थप कार्यक्रमसमेत आयोजना गर्न सक्ने बैठकको निर्णय छ । केही सञ्चारमाध्यममा कांग्रेसभित्र विद्यमान सन्दर्भ र आन्दोलनबारे विवाद रहेकोे भनी भ्रमपूर्ण समाचार प्रकाशन भएकामा कांग्रेसले आज प्रेस नोट प्रकाशन गरी त्यसलाई स्पष्ट पारेको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ
    परम्परागत सीप र हस्तकला आम्दानीको मुख्य स्रोत
    कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने
    • एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
    • छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
    • उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
    • दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.