सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

औषधोपचार गर्न व्यक्तिगत खर्च गर्नुपर्ने कैदीबन्दीको गुनासो


  •    न्युजभित्तो/१४ माघ २०७७, बुधबार १०:०० 
  • सिमकोट, १४ माघ । जिल्ला कारागार हुम्लामा रहेका कैदीबन्दीले व्यक्तिगत खर्चले औषधोपचार गर्नुपरेको गुनासो गरेका छन् । कारागार हुम्लामा रहेका कैदीबन्दीले यतिखेर कुनै सेवा सुविधा नपाएको बताएका छन् । सर्केगाड गाउँपालिका–६ का धनलाल रोकायालाई जिल्ला अदालतबाट मङ्सिर १८ गते छ वर्ष कैद र रु दुई लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो ।

    फैसला भएको करिब दुई महिना बितिसक्दा पनि उहाँलाई हालसम्म कारागार स्थानान्तरण गरिएको छैन । उहाँले भन्नुभयो, “जिल्ला कारागारको भवन अभावमा प्रहरीको हिरासतमा बस्नुपरेको छ, औषधोपचारका लागि पनि आफैँले आर्थिक खर्च गर्नुपर्ने, खेल्ने, सरसफाइदेखि अन्य सेवा सुविधा उपभोग गर्नसमेत पाएको छैन ।”

    कारागारको भवन नहुँदा जिल्ला प्रहरी कार्यालयमा हिरासतका लागि बनाइएका दुई कोठामा सीमित भएर बस्नुपरेको उहाँले गुनासो गर्नुभयो । उक्त क्षेत्रमा बसाइका हिसाबले सुधारगृह नभएर यातनागृह जस्तै महसुस भएको उहाँले गुनासो गर्नुभयो । साँघुरो ठाउँमा बस्नुपरेकाले आपसमा सरूवा रोगको जोखिम भएको रोकायाले बताउनुभयो । हालसम्म हिरासतमा विभिन्न मुद्दामा फैसला भएका छ कैदी र पाँच पुर्पक्षमा थुनुवा रहेका गरी ११ जना रहेका छन् ।

    कारागार प्रमुख डवले रावतले कारागार स्थानान्तरणका लागि माघ ११ गते केन्द्रीय विभागमा पत्राचार गरिएको बताउनुभयो । “विभागबाट परिपत्र आउनेबित्तिकै हुम्लाको कारागारमा रहेका छ कैदीबन्दी जिल्ला बाहिर तुरुन्तै स्थानान्तरण हुने छन् ।” त्यस्तै कैदीबन्दीले आफ्नै खर्चमा औषधोपचार गरेको भए पनि कारागारले सो रकम एकलौटी चौमासिकरूपमा भुक्तानी गर्ने भएको जानकारी प्राप्त भएको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.