सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मिथिलाको लोकगाथासंग जोडिएका नाच लोप हुँदै


  •    न्युजभित्तो/१३ माघ २०७७, मंगलवार १६:१५ 
  • वीरगञ्ज, १३  माघ । पछिल्लो समय मिथिलाको लोकगाथासँग जोडिएका विभिन्न नाच लोप हुँदै गएका छन् । १६ औं शताब्दीसँगै अस्तित्वमा आएको मिथिलाको ग्रामीण संस्कृतिसँग जोडिएका राजा सलहेश, दिनाभद्री, कुवर वृजभान, आल्हारुदल, गोपीचन्द, राजा भरथरी, सामाचकेवा जस्ता पौराणिक नाच अहिले लोप हुनथालेका हुन् । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म तथा छिमेकी मुलुक भारतको पटनासम्म प्रख्यात रहेको यस्ता लोकनाच हराउँदै गएसँगै यसका कलाकार पनि विस्तापित हुदै गएका छन् ।

    मिथिला संस्कृतिसँग जोडिएका पौराणिक नाच लोप हुनुमा लगानीकर्ताको अभाव, युवापुस्ता वैदेशिक रोजगारमा जानु, नयाँनयाँ प्रविधिको विकास हुनु जस्ता मुख्य कारण भएको जानकारहरुको भनाइ छ । पन्ध्र वर्षका उमेरदेखि मिथिलाको लोकनाच गर्दै आएका सिरहा कल्याणपुर नगरपालिका–८ तिलासीका ६५ वर्षीय फनिराम रजक नाच कम्पनी बन्द भएपछि अहिले बेरोजगार भई घरमै बस्न बाध्य भएका छन् । यसको एउटै कारण हो, मिथिलाको ग्रामीण संस्कृति र लोकगाथासँग जोडिएको नाच लोप हुँदै जानु । यस्ता नाच लोप हुनथालेपछि यसमा आवद्ध भएका कलाकार बेरोजगार भई हातमुख जोर्न धौधौ हुनपुगेको छ ।

    पहिला पहिला विबाह, धार्मिक पर्व तथा व्रत पूजाहरुमा रातभरि यस्तो नाच नाचिने गरेको उहाँको भनाइ छ । अहिले यस्ता पाठपूजा व्रतमा समेत छाडा हिन्दी। भोजपुरी र नेपाली गीतहरु बजाउँदा पुरानो संस्कृति र परम्परा नै लोप हुँदै गएको उहाँले बताउनुभयो ।

    प्रदेश नं २ को आठ जिल्लामा करीब ५०० भन्दा बढी नाच कम्पनी रहेकामा कालान्तरमा आएर ती नाच कम्पनी बन्द हुन थालेपछि यसका कलाकार विस्थापित हुन थालेका छन् । नाच कम्पनी बन्द हुन थालेपछि करीब दुई हजार भन्दा बढी कलाकार विस्थापित भई अन्य पेशातर्फ आकर्षित हुन थालेका छन् । आधुनिक शिक्षाको प्रचारप्रसारको कारण कलाकार शहरमुखी भएको, वैदेशिक रोजगारमा जाने क्रम बढदै गएको, कलाकारको अभाव हुनु, सिडी, टेलिभिजन, नेट तथा मनोरञ्जनका नयाँनयाँ प्रविधिको विकास भएकाले कालान्तरमा मिथिलाका लोकनाच लोप हुन थालेको छ । उपप्राध्यापक तथा मैथिली विषयका ज्ञाता श्यामसुन्दर शशीले राससलाई भन्नुभयो, “मौलिक संस्कृतिको साधनका रुपमा रहेको लोकनाचसँगै लोकबाजासमेत लोप हँुदै जानु चिन्ताको विषय भएकाले यसको संरक्षण र सम्वद्र्धनमा स्थानीय सरकारले ध्यान दिनुपर्दछ ।”

    “मिथिला लोक संस्कृतिसँग जोडिएका यस्ता नाचको संरक्षणमा स्थानीय तथा प्रदेश सरकारले विशेष ध्यान दिनुपर्दछ”, साहित्यकार तथा लेखक चन्द्रकिशोर झाले भन्नुभयो, “यस्ता नाचले समाजमा एकखालको सकारात्मक सन्देश दिनुका साथै धार्मिक ग्रन्थमा भएका विषयका बारेमा समेत ज्ञान दिने गरेको थियो ।” स्थानीय कला, संस्कार र संस्कृति स्थानीय सरकारको सम्पत्ति भएकाले त्यसलाई जोगाउनका लागि स्थानीय र प्रदेश सरकारले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

    यस्ता नाचमा पुरुष कलाकार हुने गरेको र पुरुष वैदेशिक रोजगारको क्रममा खाडीमूलुक जाने परम्पराले गर्दा कलाकारको अभावमा समेत नाच प्रभावित हुनपुगेको भनाइ नाच कम्पनीको छ । यस्ता नाच ग्रामीण क्षेत्रमा लोकप्रिय रहेको छ । ग्रामीण क्षेत्रको लोकगाथा, जीवन र संस्कृतिसँग जोडिएका यस्ता नाच प्रायःगरी बिवाह, व्रतबन्धलगायत माङ्गालिक कार्यक्रममा नाच्दा रु तीन लाखसम्म पारिश्रमिक पाउने गरेको स्थानीय कलाकारको भनाइ छ । अहिले ९९ प्रतिशत नाच कम्पनी बन्द हँुदा उनीहरु बेरोजगार भई अन्य वैकल्पिक पेशा अगाल्दै गएका छन् ।

    मिथिलाको ग्रामीण जीवन, लोक संस्कृति, माटो र पानीसँग जोडिएका यस्ता लोक तथा मौलिक नाचको संरक्षण र सम्वद्र्धन गर्नुपर्ने माग मिथिलावासीको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.