सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना


  •    न्युजभित्तो/१३ माघ २०७७, मंगलवार १०:०७ 
  • काठमाडौँ, १३ माघ । भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आफ्ना भारतीय समकक्षी रामनाथ कोविन्द र प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई आज बेग्ला–बेग्लै शुभकामना सन्देश पठाउँदै शुभकामना एवं बधाई ज्ञापन गर्नुभएको हो ।

    सन्देशमा राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपतिको व्यक्तिगत सुख सुस्वास्थ्यका साथै भारतका जनताको शान्ति र प्रगतिको कामना गर्नुभएको छ । उहाँले शताब्दीऔँ पुरानो बहुआयामिक नेपाल–भारत सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास सन्देशमा व्यक्त गर्नुभएको छ । त्यसैगरी प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीलाई पठाउनुभएको सन्देशमा भारतका जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गर्नुभएको छ ।

    मैत्री, समानता, सहयोग र पारस्परिक सम्मानमा आधारित बहुआयामिक एवं सुमधुर सम्बन्धको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विज्ञान, प्रविधि, चिकित्सा र आर्थिक विकासमा भारतले गरेको चमत्कारपूर्ण योगदानको प्रशंसा गर्नुभएको छ । उहाँले कोभिड–१९ विरुद्धको १० लाख मात्रा खोप नेपाललाई अनुदानस्वरुप उपलब्ध गराएकामा हार्दिक कृतज्ञता ज्ञापन गर्नुभएको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
    सुनचाँदीको मूल्यमा केही गिरावट
    दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
    • समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी
    • पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    • रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    • उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.