सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अझै हिउँदे वर्षा भएन


  •    न्युजभित्तो/१२ माघ २०७७, सोमबार १४:०६ 
  • काठमाडौँ, १२ माघ । यस वर्ष हिउँदयाममा पानी नपर्दा हिउँदे बालीनालीका उत्पादनमा असर पुग्नेभएको छ । गत वर्षको मङ्सिर, पुस र माघमा वर्षा भएको थियो । यस वर्ष एकपटक पनि पानी परेको छैन । पश्चिमका केही स्थानमा हल्का पानी परेको भए पनि अन्य ठाउँमा तीन महिनादेखि पानी नपरेको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।

    “हाल कायम रहेको पश्चिमी वायुको प्रभावले पानी पर्ने सम्भावना कमै रहेको छ”, उहाँले भन्नुभयो । वर्षा हुन्का लागि पश्चिमी वायु सक्रिय भई प्राप्त मात्रामा जलवाष्पयुक्त हावा बहनु पर्दछ । अझै एक साता वर्षा हुने सम्भावना नरहेको मौसमविद्को अनुमान छ । पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    हिउँदयाममा पानी नपरेकाले गहँु, तोरी, फापरलागयतका बालीमा सुख्खा लागेकाले ५० देखि ७० प्रतिशत उत्पादन घट्ने सम्भावना रहेको वरिष्ठ कृषि विज्ञ डा केदार बूढाथोकीले बताउनुभयो । “माघ महिनाभित्र पानी परे केही राहत मिल्छ । धेरै नोक्सानी हँुदैन”, उहाँले भन्नुभयो । हिउँदे बालीलाई कात्तिक र मङ्सिरमा पानी पर्दा हिउँदे बालीको उत्पादन वृद्धि हुने जनाइएको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
    सुनचाँदीको मूल्यमा केही गिरावट
    दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
    • समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी
    • पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    • रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    • उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.