सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हाम्रो दृष्टि राम्रो दृष्टि संस्थालाई गाउँपालिकाले बिशेष सम्मान गर्ने:उपप्रमुख श्रेष्ठ


  •    न्युजभित्तो/११ माघ २०७७, आईतवार ०८:४२ 
  • चितवन, ११ माघ । हाम्रो दृष्टि राम्रो दृष्टि जापान शाखा,इच्छाकामना हाम्रो दृष्टि राम्रो दृष्टि समितिको संयुक्त पहलमा हिजो चितवनको इच्छाकामना गाउँपालिका वडा नं ०६मा रहेको राष्ट्रिय आधारभूत बिधालय कुयलघारीमा छात्रवृत्ति कार्यक्रमको “सपनाको झोला”अन्तर्गत दोस्रो कार्यक्रम सम्पन्न गरेको छ।

    उक्त बिधालयमा अध्ययनरत ७५बिद्यार्थीहरु मध्ये ७५ जनालाइनै झोला र स्टेसनरी सामाग्री वितरण गरिएको हाम्रो दृष्टि राम्रो दृष्टि जापान शाखाका सचीव विवेक कंडेलले जानकारी दिनुभयो। इच्छाकामना गाउँपालिकाका उप-प्रमुख कृतिलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष बसन्त गैरे बिशिस्ट अतिथी रहनुभएको कार्यक्रममा संस्थाका केन्द्रिय अध्यक्ष अरुण पौडेल अतिथी रहनुभएको थियो।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले संस्थाले गरेको हरेक कामको मुक्तकण्डले प्रशंसा गर्दै अब देखि इच्छाकामना गाउँपालिकामा यस्तो सरहानिय कार्य गर्न आउँदा आफुहरुलाई जानकारी गराए आफ्नो व्यक्तिगत तर्फबाट सकेको सहयोग गर्न तप्पर रहेको बताउदै यस्तो राम्रो सामाजिक कार्य गर्ने संस्थालाई गाउँपालिकाको तर्फबाट सम्मान गर्ने समेत घोषणा गर्नुभयो। कार्यक्रममा बोल्दै बिशिस्ट अतिथी गैरेले बालबालिकाहरुको स्वास्थयमा बिशेष ख्याल राख्न अभिभावकहरुलाई समेत सुझाव दिदै युवा उमेरले हैन सोचले हुने बताउदै राम्रो सोचलाइ उच्च राख्न समेत अनुरोध गर्नुभएको थियो।त्यस्तै कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष पौडेलले कार्यक्रम सहयोग गर्नुहुने सम्पुर्णलाई मनैदेखी धन्यवाद दिनुभएको थियो।

    संस्थाका केन्द्रिय सदस्य सुशान्त कंडेलले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा बिधालय व्यवस्थापन समितीका अध्यक्ष भीम बहादुर गुरुङ,सोहि बिधालयका प्रधानध्यापक लगायले शुभकामना मन्तव्य राख्नुभएको सो कार्यक्रम संस्थाका केन्द्रिय सह-सचीव रविन देवकोटाले संन्चालन गर्नुभएको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै
    लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
    सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
    • हात्तीको आक्रमणबाट दुई जना घाइते
    • ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
    • सुनचाँदीको मूल्यमा केही गिरावट
    • दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.