चितवन, १० माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनको सम्पर्क कार्यालय आज शनिबारबाट भरतपुरमा सम्पर्क कार्यालय सञ्चालनमा आएको छ । भरतपुरको रिजाल चोकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला सम्पर्क कार्यालय स्थापना गरिएको हो । नेकपा केन्द्रीय सदस्य तथा जिल्ला पार्टी कार्यालय व्यवस्थापन संयोजक पार्वती रावलका अनुसार निर्वाचन आयोगले आधिकारिता नदिँदा सम्मका लागि अस्थायी रूपमा पार्टीले कार्यालय सञ्चालन गरेको र आयोगको निर्णय अनुसार स्थायी कार्यालय सञ्चालन गरिने छ ।
नेकपाको पार्टी विवाद सँगसँगै भरतपुरको मदननगर स्थित पार्टी कार्यालय (साबिक नेकपा एमालेको पार्टी कार्यालय) बन्द गरिएको छ । सो कार्यालय हाल प्रहरीले सुरक्षा दिइरहेको छ । पार्टी कामलाई व्यवस्थित रुपमा सञ्चालन गर्न कार्यालय सञ्चालनमा ल्याईएको रावलले बताउनुभयो ।