सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालमा कोरोनाभाइरसका ३०२ जना सङ्क्रमित थपिए


  •    न्युजभित्तो/९ माघ २०७७, शुक्रबार १६:३१ 
  • काठमाडौं, ९ माघ । नेपालमा कोरोनाभाइरसका ३०२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५४५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३०२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

    मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिडका कुल सङ्क्रमितको संख्या दुई लाख ६८ हजार ९४८ पुगेको जनाएको छ । हाल तीन हजार ६१४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । हालसम्म बीस लाख ३५ हजार ३०१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

    मन्त्रालयका अनुसार ४८० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ६३ हजार ३४८ जना सङ्क्रमित निको भइसकेका छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा सात जना सङ्क्रमितको मृत्युको पुष्टि भएको जनाएको छ । कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक हजार ९८६ पुगेको हो । हाल तीन हजार ६१४ जना आइसोलेशनमा र १५८ जना क्वारेन्टिनमा रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै
    लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
    सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
    • हात्तीको आक्रमणबाट दुई जना घाइते
    • ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
    • सुनचाँदीको मूल्यमा केही गिरावट
    • दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.