सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्वी र मध्य भागमा हावाहुरीसहित वर्षाको सम्भावना


  •    /१७ जेष्ठ २०७६, शुक्रबार १३:२० 
  • काठमाडौँ । पश्चिमी वायुको प्रभावले देरभरको मौसममा आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भागका केही स्थान तथा पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ ।

    बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि–मनसुन भएकाले लगातार झरी नहुने र तुलनात्मक पूर्व र मध्य क्षेत्रका पहाडी भूभागमा बढी वर्षा हुने देखिएको महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो । पश्चिम क्षेत्रमध्ये पोखरामा मौसम बदली हुनेछ ।

    पश्चिमी वायुको प्रभावसँगै केही पूर्वी वायुको पनि मिश्रण रहेकाले बुधबारदेखि मुलुकका विभिन्न स्थानमा बढी वर्षा भएको जानकारी दिँदै उहाँले पश्चिम तराईमा झण्डै १५ दिनदेखि जमीन तातेकाले शनिबारदेखि मौसममा बदली भई वर्षाको सम्भावना रहेको बताउनुभयो । पछिल्लो २४ घण्टाको मौसमी तथ्याङ्क हेर्दा काठमाडौँमा सबैभन्दा बढी ११ मिलीमिटर वर्षा भएको छ ।

    शनिबार र आइतबार पनि देशैभरिको मौसममा आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्यभागका केही र पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको महाशाखाले जनाएको छ । नेपालमा सामान्यतया जुन १० बाट मनसुन शुरु हुन्छ । तर यस समयबाहेक अगाडि पछाडि हुनसक्ने महाशाखाले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    • ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.