सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्वी र मध्य भागमा हावाहुरीसहित वर्षाको सम्भावना


  •    /१७ जेष्ठ २०७६, शुक्रबार १३:२० 
  • काठमाडौँ । पश्चिमी वायुको प्रभावले देरभरको मौसममा आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भागका केही स्थान तथा पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ ।

    बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि–मनसुन भएकाले लगातार झरी नहुने र तुलनात्मक पूर्व र मध्य क्षेत्रका पहाडी भूभागमा बढी वर्षा हुने देखिएको महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो । पश्चिम क्षेत्रमध्ये पोखरामा मौसम बदली हुनेछ ।

    पश्चिमी वायुको प्रभावसँगै केही पूर्वी वायुको पनि मिश्रण रहेकाले बुधबारदेखि मुलुकका विभिन्न स्थानमा बढी वर्षा भएको जानकारी दिँदै उहाँले पश्चिम तराईमा झण्डै १५ दिनदेखि जमीन तातेकाले शनिबारदेखि मौसममा बदली भई वर्षाको सम्भावना रहेको बताउनुभयो । पछिल्लो २४ घण्टाको मौसमी तथ्याङ्क हेर्दा काठमाडौँमा सबैभन्दा बढी ११ मिलीमिटर वर्षा भएको छ ।

    शनिबार र आइतबार पनि देशैभरिको मौसममा आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्यभागका केही र पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको महाशाखाले जनाएको छ । नेपालमा सामान्यतया जुन १० बाट मनसुन शुरु हुन्छ । तर यस समयबाहेक अगाडि पछाडि हुनसक्ने महाशाखाले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन
    राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
    पर्यटकका आर्कषणमा ऐना पहरा
    • बिमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर
    • धापखर्कका १३ घरमा पानीको अभाव
    • सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव
    • नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.