सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस माथि पटकपटक गद्दार गरेका प्रचण्ड देखि होसियार रहन आग्रह:युवा नेता कोइराला


  •    न्युजभित्तो/८ माघ २०७७, बिहीबार १९:१५ 
  • चितवन,८ माघ । नेपाली कांग्रेस भरतपुर महानगरपालिका वडा नं ६ले आज सरकारले गरेको असंवैधानिक संसद विघटनको विरुद्ध बृहत बिरोध र्याली गरेको छ।

    भरतपुर ६ चोकबजार बाट र्याली सहित निस्किएको उक्त जुलुस गीतानगरको बिपि चोकमा गइ कोणसभामा परिणत भएको थियो। उक्त कोण सभामा नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति टिकारम न्यौपाने प्रमुख अतिथी रहनुभएको थियो।उक्त बिरोध सभामा नेपाली कांग्रेसका महासमिति सदस्य,युवा नेता दिनेश कोइराला,जिल्ला प्रतिनिधि नेपाली कांग्रेस जिल्ला सदस्य उद्वव लोहनी बिशिस्ट अतिथी रहनुभएको थियो।

    कार्यक्रममा भरतपुर ६का वडा अध्यक्ष हरिबिलास कोइराला,नेपाल महिला संघकी नगर सभापति शारदा पोख्रेल,नेपाली कांग्रेस आमन्त्रित सदस्य बिष्णु बहादुर थापा,क्षेत्रीय सदस्य रमेश कोइराला,नेपाली कांग्रेस पुर्व जिल्ला सचीव केदारनाथ कोइराला लगायतको अग्रज नेता तथा कार्यकताको बाक्लो उपस्थिति रहेको थियो।

    कार्यक्रममा बोल्दै बिशिस्ट अतिथी कोइरालाले नेकपा सरकारले यो साढे तीन बर्ष भ्रष्टाचारमा चुर्लुम्म डुवेर भ्रष्टाचार गरेको दक्षिणामा भागबन्डा नमिल्दा आफ्नो आन्तरिक दण्डले देशलाइ असंवैधानिक कदम मार्फत संसद विघटन गरेर देशलाइ संकटको अवस्थामा पुर्याएको बताउदै नेकपाका नेताहरु देश डुबाएर बर्बाद बनाएपछि ललिपप लिदै नेताहरुको घरदैलोमा डुलिरहेका छन्”हामी हाम्रा नेतालाइ सचेत गर्न चाहन्छौं नेकपाको गुलियो ललिपप भंयकर बिषालु हुन्छ सो बिषालु ललिपपबाट जोगिन र कांग्रेस माथि पटकपटक गद्दार गरेका प्रचण्ड देखि होसियार रहन समेत आफ्ना पार्टीका केन्द्रिय नेताहरुलाई आग्रह गर्नुभएको छ”।

    त्यस्तै उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी न्यौपानेले सरकारले गरेको यो संसद विघटन संविधान विपरीत भएको र संविधान माथि नै ठूलो प्रहार गरेको आरोप लगाउनुभएको छ। सो कार्यक्रम नेपाली कांग्रेस भरतपुर ६ का वडा सभापति सुर्यप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.