सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिनिधिसभा पुनःस्थापना गर्न प्रेस सङ्गठनको माग


  •    न्युजभित्तो/८ माघ २०७७, बिहीबार १४:३८ 
  • काठमाडौँ, ८ माघ । प्रेस सङ्गठन नेपालले प्रतिनिधिसभा विघटनबाट पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरिएको संविधानमाथि प्रहार भएको ठहर गर्दै सो कदम सच्याई पुनःस्थापना गर्न माग गरेको छ । सङ्गठनको दोस्रो राष्ट्रिय भेलाले १९ बुँदे काठमाडाँै घोषणापत्र जारी गर्दै प्रतिनिधिसभा विघटनविरुद्ध दृढतापूर्वक उभिने प्रण गरेको छ ।

    भेलाले संविधान, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको अधिकार, मिडिया हित एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा रहेका सञ्चार सम्बद्ध सबै सङ्घसङ्गठनसँग मोर्चाबन्दी गर्ने सङ्कल्प पनि गरेको छ । भेलाले समाचार लेखेका आधारमा सञ्चारमाध्यमको नामै उल्लेख गरेर हालैसर्वोच्च अदालतले दिएको चेतावनीपूर्ण वक्तव्यप्रति दुःख व्यक्त गरेको छ ।

    यसैगरी भेलाले विश्वव्यापी महामारी कोभिड–१९ बाट प्रभावित सञ्चारकर्मी र सञ्चारमाध्यमका लागि विशेष राहत प्याकेज तत्काल कार्यान्वयनमा ल्याउन माग पनि गरेको छ । स्थानीय, साना लगानीका तथा स्वरोजगारमुखी मिडिया प्रवद्र्धनका लागि स्थानीय विज्ञापनमा स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन तथा स्थानीय तहबाटै मिडियाको दर्ता, नवीकरण, विज्ञापनको रकम भुक्तानी, प्रेस पास वितरण र बीमाको व्यवस्था मिलाउन आग्रह गरेको संगठनका संयोजक महेश्वर दाहालले जानकारी दिनुभयो ।

    सरकारको नीति तथा कार्यक्रममा पत्रकारका लागि सूचना विभागको प्रेस प्रतिनिधि परिचयपत्रका आधारमा सरकारी अस्पतालमा ५० प्रतिशत उपचार खर्च सहुलियत उपलब्ध गराउने घोषणा गरिएकामा अझै कार्यान्वयनमा आउन नसकेको भनी भेलाले दुःख व्यक्त गरेको छ । भेलाले देशको सङ्कटपूर्ण राजनीतिक अवस्था र नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनलाई ध्यान दिएर यही माघभित्र प्रेस सङ्गठका सबै प्रदेशको भेला सम्पन्न गर्ने निर्णयसमेत गरेको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.