सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुदूरपश्चिम विश्वविद्यालयमा पठनपाठन शुरु


  •    न्युजभित्तो/८ माघ २०७७, बिहीबार १४:२० 
  • कञ्चनपुर, ८ माघ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आजदेखि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई कक्षा सञ्चालन गरिएका छन् । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण अनलाईनका माध्यमबाट कक्षा सञ्चालन हँुदै आएकोमा अबदेखि शिक्षक तथा विद्यार्थी प्रत्यक्ष रुपमा उपस्थित भई कक्षा सञ्चालन गरिएको हो ।

    विश्वविद्यालयको माघ ५ गतेको वैठकले प्रत्यक्ष रुपमा कक्षामा उपस्थित भई कक्षा सञ्चालन गर्ने निर्णयानुसार सञ्चालन गरिएको मानवीकी तथा सामाजिक शास्त्र सङ्काय विभागका प्रमुख हरिशचन्द्र भट्टले बताउनुभयो । उहाँका अनुसार स्नातक छैटौ र आठौ सेमेस्टरका लागि बिहान १० बजेदेखि, स्नातक दोस्रो र चौथो सेमेस्टरका लागि बिहान ११ बजेदेखि र स्नातकोत्तर दोस्रो र चौथो सेमेस्टरका लागि दिउँसो ३ बजेदेखि कक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

    यसैगरी, व्यवस्थापन सङ्कायका सम्पूर्ण कक्षासमेत सञ्चालन गर्ने निर्णय गरिएको छ । बिबिए दोस्रो, चैथो, छैटौ, आठौ, बिबिएस दोस्रो वर्ष, तेस्रो वर्ष, एमबिएम दोस्रो सेमेस्टर चौथो सेमेस्टरका कक्षा सञ्चालनका लागि समय निर्धारण गरिएको छ । बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म फरकफरक समयमा कक्षा सञ्चालन गर्ने गरी व्यवस्था गरिएको छ । शिक्षा शास्त्र विभागअन्तर्गत स्नातक र स्नातकोत्तरका कक्षा समेत बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने भएका छन् ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.