सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भूकम्पविद् भट्टराईलाई विद्यावारिधिको उपाधि


  •    न्युजभित्तो/८ माघ २०७७, बिहीबार १०:०१ 
  • काठमाडौँ, ८ माघ । खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको भूकम्प मापन तथा अनुसन्धान केन्द्रमा कार्यरत भूकम्पविद् मुकुन्द भट्टराईलाई विद्यावारिधिको उपाधि प्रदान गरिएको छ । बीस वर्षदेखि भूकम्प मापन तथा अनुसन्धान केन्द्रमा कार्यरत भट्टराईलाई जापानको टोकियो विश्वविद्यालयले मङ्गलबार विद्यावारिधिको उपाधि प्रदान गरेको हो ।

    उहाँले विद्यावारिधिका क्रममा गोरखा भूकम्पपछि काठमाडौँ उपत्यकाको भूकम्पीय जोखिम आकलन गरी आगामी भूकम्प जाँदा त्यसले भौतिक संरचनामा पार्नसक्ने क्षतिको बारेमा अध्ययन गर्नुभएको थियो । भट्टराईले सन् २०१६ मार्चमा विद्यावारिधिका लागि शोध अनुसन्धान शुरु गर्नुभएको थियो ।

    विसं २०३१ मा अर्घाखाँचीको सुवर्णखाल गाविस–६ मन्द्रेमा जन्मनुभएका भट्टराईले श्री ज्योति माध्यामिक विद्यालय ठाडा अर्घाखाँचीबाट एसएलसी, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट आइएस्सी र बिएस्सी तथा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट एमएस्सी उत्तीर्ण गर्नुभएको थियो । उहाँले इन्टरनेशनल इन्स्टिच्युट अफ सिस्मोलोजी एण्ड अर्थक्वेक इञ्जिनीयरिङ जापानबाट पोष्ट ग्र्याजुएट र नेशनल ग्र्याजुएट इन्स्टिच्युट फर पोलिसी स्टडिज टोकियोमा मास्टर अफ डिजास्टर म्यानेजमेन्ट अध्ययन गर्नुभएको थियो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.