सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छैटौँ राष्ट्रिय योग दिवसमा अक्षयकोष स्थापना


  •    न्युजभित्तो/७ माघ २०७७, बुधबार १४:४४ 
  • काठमाडौँ, ७ माघ । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका संस्थापक नेपाली योग गुरु राजन शर्माले रु पाँच लाख राशिको अक्षय कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । दिवसको अवसरमा नेपालको योग विस्तार तथा प्रवद्र्धनका लागि सो अक्षयकोष स्थापना भएको हो । अनलाइन विश्व भेलामार्फत् सहभागितामा घोषणा गरिएको हो ।

    यसको हकदार सम्पूर्ण नेपालप्रेमी योगीजन रहने अक्षयकोषका संरक्षक योगी आचार्य राजनले जानकारी दिनुभयो । डा विकासानन्द योगी, डा चिन्तामणि योगी, डा क्षितिज बाराकोटी, ललितशङ्कर योगी लगायत व्यक्तित्व कोषको सल्लाहकारमा रहनु भएको छ । सोही अवसरमा समाजले योग क्षेत्रमा योगदान पु¥याउंने विभिन्न व्यक्तिलाई विश्व योग राजदूतको रुपमा सम्मान गरेको छ । विश्व शान्ति योग राजदूत घोषणा हुनेमा रामजी अधिकारी (मानव सेवा आश्रम), भागवत मञ्जरी राधिका दासी (माया घर), पार्वती पहाडी (अष्ट्रेलिया), बटुक विष्ट (अमेरिका), राजन लोहनी (कतार), होम गौतम (नेपाल) लगायत हुनुहुन्छ ।

    दिवसकै अवसरमा योग शिक्षक प्रशिक्षणमा सहभागी कान्छा योगी १२ वर्षका प्रिन्स न्यौपाने, ९५ वर्षकी योग साधिका नरमाया निरौला र सपरिवार अन्तर्राष्ट्रिय योग शिक्षक परीक्षामा उत्तीर्ण योगी तारानिधि पन्त परिवारलाई यस वर्षको दश÷दश हजार राशिको पुरस्कारले सम्मान गरिएको छ । कोष विस्तारित हुँदै जाने समाजका नेपाल संयोजक दीर्घराज गिरीले बताउनुभयो । विश्वस्तरको योग शिक्षक प्रशिक्षण निःशुल्क गर्दै आइरहेकोे अभियानले नेपाललाई विश्व योग गुरु र गन्तव्यको देश बनाउंने अभियान थालेको छ । हालसम्म एक हजार ६०० जनालाई यो अभियानले मान्यता प्राप्त योग शिक्षक र जनशक्ति तयार पारिसकेको छ ।

    विभिन्न देशमा मानवता, सकारात्मक सोच, योग, ध्यान पूर्वीय दर्शनमा रहेको विज्ञान प्रवद्र्धन गर्दै लाखौँलाई सञ्जालमा गासेको समाजले जनाएको छ । वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम शुरु भएको छ । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो ।

    आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् । समाज अष्ट्रेलियामा दर्ता रहेको छ । नेपाली योगी तथा सकारात्मक सोचका अभियानकर्मीबाट अस्ट्रेलियाको राष्ट्रिय कानुन अनुसार ११ वर्षअघि दर्ता भएको यो अभियानमा विश्वभरका नव चिन्तक तथा जीवन रुपान्तरणका अगुवा चिन्तक जोडिएका छन् ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.