सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गरीबको पहुँचसम्म ऊर्जा विस्तार गर्न माग


  •    न्युजभित्तो/७ माघ २०७७, बुधबार १३:२७ 
  • काठमाडौँ, ७ माघ । नेपाल सरकारको राष्ट्रिय प्रसारण लाइनको विद्युत् अझै सहज रुपमा सबै स्थानीय सरकारको पहुँचमा पुग्न सकेको छैन। देशको कुल ७५३ स्थानीय सरकारमध्ये अझै १० नगरपालिका र ८१ गाउँपालिकामा राष्ट्रिय प्रशारणको लाइन पुगेको छैन ।

    देशका करीब चार प्रतिशत जनसङ्ख्या विद्युत्को पहुँचभन्दा बाहिर रहेको छ भने १८ प्रतिशत जनता गरिबीको रेखामुनि रहेकाले उनीहरुले ऊर्जाको उपयोग गर्न नसकेको अवस्थामा आम जनतालाई ऊर्जाको पहुँच पु¥याउन आवश्यक रहेकामा नेपाल ऊर्जा फाउण्डेशनद्वारा यहाँ आयोजित कार्यक्रममा योजनाविद् एवं ऊर्जाविद्हरुले जोड दिएका छन् ।

    सो अवसरमा पूर्व मन्त्री गणेश साहले नेपालको संविधान समाजवाद उन्मुख रहेकाले त्यसका लागि ऊर्जामा आम जनताको पहुँच विस्तार गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले ऊर्जा पहुँचयोग्य, सर्वसुलभ र खपत गर्नसक्ने खालको हुनु पर्ने बताउँदै गरीबमुखी ऊर्जा नीतिको तर्जुमा र ऊर्जासँग सम्बन्धित सरकारी निकायहरुको पुर्नसंरचना नभएसम्म गरीब, विपन्न, सीमान्तकृत समुदायले ऊर्जाको लाभ लिन सक्दैनन् भन्नुभयो ।

    राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं ऊर्जाविद् प्राडा गोविन्दराज पोखरेलले प्रत्येक नागरिकको घरसम्म विद्युत्को लाइन विस्तार गरिदिनुपर्ने राज्यको दायित्व रहेको र आर्थिक रुपमा विपन्न परिवारको हकमा न्यूनतम् महशूल निर्धारण गरी स्थानीय सरकारले अनुदान दिन सक्ने धारणा राख्नुभयो । उहाँले गरीबी समृद्धिको पाठशाला भएको उल्लेख गर्दै सामाजिक न्याय भनेको आधारभूत आवश्यकतामा पहुँच पु¥याउनु हो, सबैलाई बराबर वितरण गर्ने भन्ने नभएकाले एकपटक सहुलियत दिएपछि पटकपटक दिनु पर्दछ भन्ने होइन भन्नुभयो ।

    उहाँले ऊर्जा पनि व्यावसायिक वस्तु भएकाले त्यसको व्यापार हुने बताउँदै प्रविधिमा अनुदान दिँदा त्यसको लाभ वास्तविक गरीबले भन्दा धनीले पाउने गरेकाले स्मार्ट अनुदान प्रणालीमा जानुपर्नेमा जोड दिनुभयो । आयोगका पूर्व सदस्य एवं ऊर्जाविद् डा गोविन्द नेपालले विपन्न वर्गको ऊर्जाको आवश्यकता परिपूर्ति गर्नु राज्यको दायित्व भएको बताउँदै स्थानीय तहले गरीबको पहिचान गरी अनुदान दिन सक्छन् भन्नुभयो ।

    ऊर्जाको प्रयोगको पहुँचलाई प्राथमिकतासँगै ऊर्जाको लाभको सुनिश्चित हुनुपर्नेमा जोड दिँदै शहरी गरीबहरु र ग्रामीण क्षेत्रका ससाना व्यवसायमा विद्युतीय चुलो पु¥याउन आवश्यक रहेको बताउनुभयो । सो अवसरमा फाउण्डेशनका उपाध्यक्ष शेरसिंह भाटले कार्यपत्र प्रस्तुत गर्दै ऊर्जाको आधारभूत पहुँचभन्दा बाहिर रहेका झण्डै चार प्रतिशत जनसङ्ख्याको जीवनस्तरमा सुधार ल्याउन विद्युत्को सहज व्यवस्था हुनु आवश्यक रहेको बताउनुभयो ।

    आर्थिक तथा सामाजिक रुपले गरीब विपन्न तथा सिमान्तकृत समुदायका नागरिकसम्म न्यूनतम ऊर्जाको आवश्यकता गर्न राज्यका निकायहरुले ठोस कार्यक्रम ल्याउन नसकेको तथा ल्याएका केही चर्चामुखी कार्यक्रम पनि कार्यान्वयनमा आउन नसकेको धारणा राख्नुभयो । भाटले ऊर्जाको पहुँच विस्तार गर्न राज्यले पूर्वाधारसँगै मासिक महसुलमा समेत केही सहज व्यवस्था गरे गरीब तथा विपन्न वर्गका नागरिकले उपयोग गर्न सक्ने बताउनुभयो ।

    प्राकृतिक स्रोत तथा कानूनविज्ञ दिलराज खनालले राष्ट्रियसभामा दर्ता भएको विद्युत् विधयक २०७७ मा भएको व्यवस्थाका बारेमा चर्चा गर्नुभयो । विद्युत् सेवा विस्तारमा तीनै तहका सरकारको समन्वय र सहकार्य स्मरण गराउँदै गरीब, विपन्न तथा सिमान्तकृत समुदायका नागरिकलाई ऊर्जामा पहँुच, जडानमा अनुदान, मासिक महसुलमा छुट दिन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

    खनालले सामुदायिक विद्युतीकरणले सकारात्मक सन्देश दिएतापनि दिगो रुपमा सेवा विस्तार गर्न ठोस कार्यक्रम आवश्यक रहेको छ भन्नुभयो । कार्यक्रममा फाउण्डेशनका कार्यकारी निर्देशक डिल्ली घिमिरेले गरीब तथा विपन्न वर्गका परिवारलाई ऊर्जामा पहुँच पु¥याउन भएका प्राविधिक समस्याबारे जानकारी गराउनुभयो । उहाँले नेपालको १५ औँ योजनामा सबैको घरमा बिजुली भनेपनि पहुँचमा राख्न समस्या रहेको बताउँदै गरीब तथा विपन्न वर्गको पहिचानमै समस्या देखिएकाले ऊर्जाको पहुँच विस्तारमा समेत समस्या देखिएको उल्लेख गर्नुभयो ।

    गरीब तथा विपन्न नागरिकको घर छेउका पोलमा बिजुलीका तार र घरभित्र मिटर जडान गरेर करेण्ट प्रवाह गर्दैमा राज्यको दायित्व पूरा नहुने सहभागीहरुको भनाइ थियो । न्यूनतम उर्जा खपतको अधिकार सुनिश्चित गर्ने क्षेत्राधिकार स्थानीय सरकारको रहेपनि नवीकरणीय ऊर्जा वितरणका निम्ति बनेको मस्यौदाले सङ्घ सरकारको क्षेत्राधिकारमा रहनुले समस्या निम्त्याउन सक्ने सहभागीहरुले सुझाएका छन् । कार्यक्रममा ऊर्जामा पहँुच विस्तारको आवश्यकता, विद्यमान नीति, सरकारको प्राथमिकता तथा रणनीतिका बारेमा चर्चा गरिएको थियो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.