सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेस संगठन चितवन राष्ट्रिय भेलामा सकृय सहभागिता जनाउने


  •    न्युजभित्तो/७ माघ २०७७, बुधबार १३:०० 
  • चितवन, ७ माघ । प्रेस संगठन नेपाल चितवनको मंगलवार भरतपुरमा सम्पन्न जिल्ला स्तरीय भेलाले माघ ८ गतेको संगठनको राष्ट्रिय भेलामा सकृय रुपमा सहभागिता जनाउने निर्णय गरेको छ । प्रेस संगठन नेपाल चितवनका अधिकासं सदस्यहरु मुल नेतृत्वमै रहेको निश्कर्ष निकाल्दै भेलामा आसन्न पत्रकार महासंघको निर्वाचन र संगठनको भावी रणनितीबारे समेत छलफल गरेको छ ।

    प्रेस संठगन नेपालका केन्द्रीय सदस्य शिशिर सिंखडाको अध्यक्षतामा भएको भेलामा चितवनका प्रेस संगठनमा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो । मुलुकको पछिल्लो राजनैतिक अवस्था र संगठनले आगामि दिनमा चाल्नुपर्ने थप कदमका बारेमा समेत भेलामा सहभागीहरुले सुझाव प्रस्तुत गरेका थिए । भेलामा संगठनका केन्द्रीय सदस्य शिशिर सिंगडा, अन्नतप्रकाश सुवेदी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी, पत्रकार महासंघ चितवनका निर्वतमान अध्यक्ष हरिप्रसाद पोखरेल, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष नवराज ढकाल , प्रेस संगठन प्रदेश कमिटि सदस्य तिलकराम रिमाल, कोमलचन्द्र भगत, रामकान्त पौडेल, प्रतिमा सिलवाल, शंकर अधिकारी लगायतले बोल्नु भएको थियो ।

    त्यसैगरी भेलामा आदिवासी जनजाति पत्रकार महासंघका निर्वतमान अधयक्ष सन्तकुमार चौधरी, डव्लु डव्लु जे चितवनका निर्वतमान अध्यक्ष शान्ता अधिकारी लगायतले धारणा राख्नुभएको थियो । त्यसैगरी भेलामा अग्रज पत्रकारहरु मनोज विष्ट, शुरेस अधिकारी, अर्जुनप्रसाद शर्मा, मनोज घिमिरे, राेहिणी त्रिपाठी, विश्वास पौडेल,  मनोज पन्त,  टिकादत्त तिमिल्सिना, कृष्ण खनाल,  मधुसुदन दवाडी  लगायतले बाेल्नु भएको थियो । भेलाको सहजिकरण प्रेस संगठनका सदस्य सुवास पण्डीतले गर्नुभएको थियो भने सहभागीहरुलाई प्रेस संगठनका सदस्य गोविन्द घिमिरेले स्वागत गर्नुभएको थियो ।

    प्रेस चौतारी चितवनको खाता रोक्का

    प्रेस चौतारी नेपाल चितवन शाखाको बैंक खाता रोक्का भएको छ । प्रेस चौतारी चितवनको नाममा रहेको बैंक खाता रोक्का भएको हो । ग्लोवल आईएमई बैंक नारायणगढमा रहेको चौतारीको खाता रोक्का गरिएको प्रेस चौतारी चितवनका तत्कालिन  सचिव गोविन्द घिमिरेले जानकारी दिए । केन्द्रदेखि जिल्ला तहमा संगठनको आन्तरिक समस्या देखिएको भन्दै उनले रकमको हिनामिना हुन नदिनका लागि तत्कालका लागि बैकं खाता रोक्काका लागि बैकंलाई पत्राचार गरिएको बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    खलामा धान भर्दै स्थानीय सरकार
    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    • प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    • आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.