सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेश


  •    न्युजभित्तो/७ माघ २०७७, बुधबार १०:१६ 
  • वाग्मती, ७ माघ । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले वार्षिक प्रतिवेदन पेश गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा अख्तियारको हेटौँडा कार्यालयद्वारा भएका कार्य सम्पादनको विवरण कार्यालयप्रमुख बाबुराम खतिवडाले पेश गर्नुभएको हो ।

    प्रतिवेदन बुझेपछि प्रदेश प्रमुख प्रसाईँले अख्तियारले सुशासनका लागि धेरै महत्वपुर्ण र उल्लेखनीय काम गरेको बताउनुभयो । अहिलेको समयमा अख्तियारले साना मात्र नभई ठूला समस्यासमेत बाहिर ल्याउने भूमिका निर्वाह गरेको बताउनुभयो । उपाध्यक्षको रिट निवेदनमाथि अन्तरिम आदेश मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनिला विष्टको राजिनामाबारे उच्च अदालत पाटन अन्तर्गतको हेटौँडा इजलासले परेको रिट निवेदनमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    मङ्गलबार अदालतका न्यायाधीश राजकुमार वन र मेरिना श्रेष्ठको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले विष्टको राजीनामा पत्रमा मिति उल्लेख नभएको वा कुन मितिदेखि राजीनामा लागु हुने भन्ने उल्लेख नगरिएको जनाउँदै मुद्दाको टुङ्गो नलागेसम्म उपाध्यक्ष पदको पदपूर्तिको प्रक्रिया अघि नबढाउन समेत मनहरी गाउँपालिका कार्यालयलाई आदेश दिएको छ । इजलासले ‘निवेदिकाको मागउपर प्रस्तुत मुद्दाको न्यायिक निरोपण हुँदाका बखत सम्बोधन हुने नै हुँदा तत् विषयमा अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था देखिएन’ भनेको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    • दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.