सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बिपी राजमार्गमा स्वतन्त्र राष्ट्रिय अभियानको वृहत सफाई कार्यक्रम


  •    /१६ जेष्ठ २०७६, बिहीबार २२:२२ 
  • काठमाडौं । स्वतन्त्र राष्ट्रिय अभियान नेपालले बिपी राजमार्गमा बिहीबारदेखि वृहत सरसफाई कार्यक्रम शुरु गरेको छ । धुलिखेलदेखि बर्दिबाससम्मको १ सय ५८ दशमलव ९ किमी सडक क्षेत्रमा एक साता सफाई कार्यक्रम शुरु गरिएको अभियानले जनाएको छ ।

    वृहत सफाई कार्यक्रमको बिहीबार धुलिखेलबाट आयोजक अभियानका सबै सदस्यहरुले फोहोर उठाएर सामुहिक रुपमा उद्घाटन गरेका थिए । अभियानमा स्वतन्त्र राष्ट्रिय खेलाडी महासंघ अन्तर्गत हिमालयन आर्टस् एकेडेमीका खेलाडीहरु आबद्ध छन् । नेपालमा वृहत रुपमा राजमार्गको फोहोर संकलन र त्यसको ब्यबस्थापन गर्न लागिएको संभवत यो पहिलो भएको अभियानले दावी गरेको छ ।

    अभियानमा खटिएका स्वंयसेवकले दैनिक ३० किमी सडक र वरपरका फोहोर संकलन गर्नेछन् । संकलित फोहोरलाई कुनै एक स्थानमा थुपारेर राख्ने र एक सातापछि सबै फोहोर गाडीमा उठाएर निश्चित स्थानमा स्थायी व्यवस्थापन गर्ने खेलाडी महासंघका अध्यक्ष तथा बिपी राजमार्ग सरसफाई कार्यक्रमका संयोजक सेफर्ड लिम्बुले जानकारी दिए । ‘हामीले स्थानीयबीच समन्वय गरेर फोहोर उठाउँछौं,’ उनले भने, ‘यो कार्यक्रममा फोहोर संकलन र स्थानीयबीच कार्यक्रम पनि संचालन हुनेछ ।’

    सफाई कार्यक्रम अन्तर्गत खटिने स्वयंसेवकहरुले पालमा सुत्ने र आफै खाना बनाएर खाने गर्नेछन् । यसलाई खर्चिलो र भड्किलो नबनाउन होटलमा नभई स्वयंले खाने बस्ने व्यवस्था गरेर एक साताको कार्यक्रम थालनी गरिएको लिम्बुले जानकारी दिए । सड्ने र नसड्ने फोहोर छुट्याएर त्यसको आधुनिक तरिकाले व्यवस्थापन गरिने उनले बताए । सफाई कार्यक्रममा अभियानका १६ जना सदस्य तथा स्वयंसेवक खटिएका छन् ।

    उद्घाटन कार्यक्रममा अभियानका केन्द्रीय संयोजक स्वागत नेपालले एकै पटक यति लामो दुरीको सफाई अभियान यो पहिलो भएको जानकारी दिंदै यसले बृहत चेतनामूलक जागरण ल्याउने बताए । उनले यो सफाई कार्यक्रम मितब्ययी र बढि प्रभावकारी हुने बिश्वास व्यक्त गरे । उनले भने, ‘हामीले सरकार र नेताको आलोचना मात्र गर्देनौं, देशका लागि सकेको केहि गरेर देखाउँछौं ।’

    अभियानका प्रवक्ता विनोद त्रिपाठीले यो कार्यक्रमले जनतालाई जागरुक बनाउने र सरकारलाई कर्तब्यबोध गराउने बिश्वास व्यक्त गरे । स्वतन्त्र राष्ट्रिय अभियानका सचिव राजु मगरातीले समाजलाई सुन्दर र सफा बनाउन युवाहरुको सक्रियता आवश्यक रहेको औंल्याए ।

    अभियानले शुरु गरेको बृहत सरसफाई कार्यक्रममा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो । सफाई कार्यक्रममा स्थानीयले उत्साहपूर्वक अभियानका स्वयंसेवकलाई साथ दिएका थिए । एक सातासम्म हुने बृहत सफाई अभियान काभ्रेको धुलिखेलबाट शुरु भएर बर्दिबास बजारमा गएर सकिने आयोजकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता
    कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ‘भजन सन्ध्या’
    निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
    • सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छः मन्त्री गौतम
    • बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो
    • प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट
    • झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.