सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शान्ति समाजद्वारा ३७ विपन्न विद्यार्थीलाई चार लाख ४४ हजारको छात्रवृत्ति


  •    न्युजभित्तो/६ माघ २०७७, मंगलवार १६:०२ 
  • काठमाडौँ, ६ माघ । ‘छोरी पढाऔँ ः गरिमा बढाऔँ’ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले छात्रवृत्ति अभियान प्रारम्भ गरेको छ । यसअन्तर्गत दलित समुदायका विपन्न परिवारका ६ कक्षामा अध्ययनरत ३७ बालिकालाई प्रत्येक वर्ष रु १२ हजारको छात्रवृत्ति प्रदान गरिने समाजका महासचिव सुशील बस्नेतले राससलाई जानकारी दिनुभयो । यो क्रम पाँच वर्षसम्म अर्थात् ती विद्यार्थी १० कक्षामा पुगुन्जेलसम्म निरन्तर रहनेछ ।

    यस वर्ष मोरङ जिल्ला कटहरी गाउँपालिकाको पुरानो थलाहास्थित विद्यालय र धनपालथान गाउँपालिकाको पुरानो दादरवैरियास्थित विद्यालयका गरी ३७ जना विपन्न दलित समुदायका बालिकालाई रु १२ हजारका दरले कूल रु चार लाख ४४ हजारको छात्रवृत्ति यसै वर्ष प्रदान गरिनेछ । पाँच वर्षसम्म प्रदान गरिने यो छात्रवृत्तिका लागि शान्ति समाजका केन्द्रीय सदस्य रामप्रसाद जोशीले दुई, शुभचिन्तकहरु अनुजा खनाल थापाले दुई, सम्वत थापाले दुई, अपूर्वा शर्माले दुई र एकजना शुभचिन्तकबाट दुई जनालाई पाँचवर्षे छात्रवृत्तिका लागि सहयोग प्रदान गर्नुहुने भएको छ ।

    समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौँलागाईं, वरिष्ठ उपसभापति गोविन्द खनाल, सचिव रत्नलक्ष्मी श्रेष्ठ, अनुशासन समिति संयोजक डिकप्रसाद खनाल, सचिव कृष्णबहादुर रावल, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य विकास थापा, केन्द्रीय सदस्य नम्रता खरेल, मोरङ शाखा सभापति भेषराज पोखरेल, मोरङका पूर्वसभापति डिल्लीबहादुर कार्की, आजीवन सदस्यहरु मणिराज घिमिरे, कोमलप्रसाद शर्मा, सुदीप रिजाल, यमुना कँडेल, रामबाबु दाहाल, किरण ढकाल, लोचन रिजाल, राजेन्द्र खनाल तथा शुभचिन्तकहरु भैरव रिजाल, अच्युत बराल, तरुण शर्मा, मीना चौँलागाईं, राधिका खनाल, लक्ष्मी बराल, आर्या पाण्डे र शैशव खनालका तर्फबाट पाँचवर्षे छात्रवृत्तिका लागि सहयोग प्राप्त हुने भएको छ ।

    समाजद्वारा पहिलो चरणमा पाँचवर्षे छात्रवृत्ति अभियानका लागि पाँच वर्षभित्र रु २२ लाख २० हजारको सहयोगको प्रतिबद्धता व्यक्त गर्ने सबैमा धन्यवाद एवं आभार व्यक्त गरिएको पनि उहाँले बताउनुभयो । सहयोगी हात थपिँदै गएमा छात्रवृत्ति सङ्ख्या पनि वृद्धि गर्दै अभियान अन्य जिल्लामा समेत विस्तार गरिने समाजले जनाएको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.