सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्वाचनका लागि तयार रहन आग्रह


  •    न्युजभित्तो/६ माघ २०७७, मंगलवार १३:३९ 
  • रसुवा, ६ माघ । सरकारले तोकेको समयमा आम निर्वाचन सम्पन्न गराउने कार्यका लागि पूर्व तयारी अवस्थामा रहन यहाँका कार्यालय प्रमुखलाई निर्देशन दिइएको छ । सरकारी कामको समीक्षा गर्न भेला भएका कार्यालय प्रमुखलाई प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले निर्वाचनको तयारीमा रहन निर्देशन दिनुभएको हो । प्रत्येक महिनाको ५ गते कार्यालय प्रमुख भेला भई जिल्लाको समसामयिक विषयमा छलफल गर्ने चलन रहेको छ ।

    निर्वाचनको समय नजिकिँदै गएकोले आ–आफ्ना कार्यालयमा रहेका सवारीसाधनको लगत तयार गरी विवरण पठाउन पनि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । जनतामाझ प्रदान गरिएको सेवाअन्तर्गत सरकारी निकायबाट भएका काम एवं विकास निर्माणमा गरिएका खर्चको विवरण पनि क्रियाशील सञ्चारकर्मीलाई उपलब्ध गराई आम नागरिकसामु जानकारी गराउने कार्यमा सहयोग पुर्याउन सरोकारवाला निकायलाई स्थानीय प्रशासनले निर्देशन दिएको छ ।

    सबै निकायको सहभागितामा विकास निर्माणको स्थलगतरूपमा कार्यप्रगति निरीक्षण गराउने व्यवस्था मिलाउन पनि कार्यालय प्रमुखलाई सुझाव दिइएको छ । भए गरेका कामको विवरण सार्वजनिक गर्ने सरकारको कार्यनीति रहे पनि कार्यपालिकामा रहेका राष्ट्रसेवक प्रमुखले पारदर्शी गराउन आलटाल गर्ने समस्या बढिरहेको अवस्थामा प्रजिअको निर्देशनले आमनागरिकमाझ सुसूचित गराउने कार्यमा मद्दत पुग्ने आकलन गरिएको छ ।

    यस्तै सरकारी सवारीसाधन दुरूपयोग हुनथालेको भन्ने जनगुनासोलाई मध्यनजर राख्दै कार्यालय प्रमुखमाझ प्रजिअ पन्तले अबका दिनमा सरकारी साधन गुडाउनु पर्दा कामको विवरण खोली जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिन आग्रह गर्नुभएको छ । बिदाको दिन सरकारी सवारी साधन गुडाउनु पूर्व जिल्ला प्रशासनको स्वीकृति लिनुपर्ने प्रावधान कार्यान्वयन नभएको पाइएको र आफूखुशी हिँडेका सवारीसाधन कुनै कारणले क्षति भएमा त्यसको जवाफदेही स्वयं कार्यालय प्रमुखनै हुनुपर्ने जिल्ला प्रशासन कार्यालय रसुवाले स्पष्ट पारेको छ ।

    अत्यावश्यक काममा मात्र गुडाउनुपर्ने सरकारी सवारीसाधन कार्यालय प्रमुख जिल्लाबाहिर जाँदा आफ्नो साथमा लाने र बढी समय व्यक्तिगत काममा प्रयोग हुने गरेको जनगुनासो दिनप्रतिदिन बढ्दै गएको छ । काठमाडौँ पुगेपछि एक दुई दिन सरकारी काम गरिए पनि अधिकांश समय सरकारी सवारीसाधन घरेलु सामग्री बोक्नेदेखि लिएर बजार घुम्ने तथा इष्टमित्रसँग भेटघाट जस्ता कार्यमा प्रयोग हुने र सवारी इन्धन एवं मर्मतको बिल भने कार्यालयमा पेश हुने गरेको चालकको भनाइ पाइन्छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.