सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा घरेलु उपज प्रदर्शनीकक्ष बन्दै


  •    न्युजभित्तो/६ माघ २०७७, मंगलवार १०:०८ 
  • चितवन, ६ माघ । भरतपुर महानगरपालिका–२२ मा घरेलु तथा साना उद्योग प्रदर्शनीकक्षको शिलान्यास गरिएको छ । कक्षको महानगर प्रमुख रेनु दाहालले सोमबार शिलान्यास गर्दै उहाँले प्रदर्शनीकक्षको सञ्चालनले स्थानीय उत्पादनको बजारीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

    यसले उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा बढवा दिने उहाँको भनाइ थियो । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले औद्योगिक विकासमार्फत उत्पादकत्व वृद्धि गर्दै समृद्धिको दिशा तय गर्न सकिने बताउनुभयो ।

    उहाँले निर्माण हुन लागेको यस औद्योगिक उपज प्रदर्शनीकक्षले यस क्षेत्रको औद्योगिक र पर्यटकीय गतिविधि विकास र विस्तारमा सहयोगी हुन छ भन्नुभयो प्रदेश वन पर्यटन तथा वातावरण मन्त्रालयका सचिव डा सिन्धुप्रसाद ढुङ्गानाले प्रदेश सरकारले औद्योगिक विकास र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो ।

    कार्यक्रममा वडा नं २२ का अध्यक्ष विष्णुराज महतोले निर्माणाधीन घरेलु उपज प्रदर्शनीकक्षले यहाँको पर्यटन प्रवद्र्धन र घरेलु तथा औद्योगिक उपजको बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । सो कार्यालयका प्रमुख यादवनाथ आचार्यले निर्माणाधीन प्रदर्शनीकक्ष रु ९१ लाखको लागतमा निर्माण गर्न लागिएको जानकारी दिनुभयो । एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी कक्ष निर्माण गर्न लागिएको हो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    खलामा धान भर्दै स्थानीय सरकार
    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    • प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    • आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.