सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृषि तथा वन विज्ञान विश्वविद्यालय : राजनीतिक भागबण्डाले अस्तव्यस्त


  •    न्युजभित्तो/५ माघ २०७७, सोमबार १२:५१ 
  • चितवन, ५ माघ । राजनीतिक दल निकटका प्राज्ञिक समूहको पदको होडबाजीका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त बनेको छ । एक महिनाअघिदेखि विश्वविद्यालयका केन्द्रीय कार्यालयमा विभिन्न समूहको तालाबन्दी छ । विश्वविद्यालमा महत्वपूर्ण पद आफू र आफ्नो समूहलाई हात पार्ने नाउँमा विश्वविद्यालयलाई बन्दक वनाइएको हो । विश्वविद्यालयमा प्रजातन्त्रवादी प्रध्यापक सङ्घ, प्रगतिशील प्राध्यापक सङ्गठन र ज्यालादारी कर्मचारीले छुट्टाछुट्टै ताला लगाएका छन् ।

    प्रगतिशील प्राध्यापक सङ्गठनले रजिष्ट्रार नियुक्ति अघि भएका डिनको नियुक्ति खारेजको माग गदै तालाबन्दी गरेको हो भने सङ्घले राजनीतिक आस्थाका आधारमा पदाधिकारी छनोट भएको जनाउँदै नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाएको हो । सङ्घले निष्पक्ष पदाधिकारी नियुक्तिको माग गर्दै केन्द्रीय कार्यालयमा ताला लगाएको हो । कर्मचारीले आफूहरुलाई स्थायी गर्नुपर्ने मागगर्दै तालाबन्दी गरेका हुन् ।

    विश्वविद्यालयमा राजनीतिक भागबण्डाका आधारमा पदाधिकारी नियुक्ति गरिँदै आएको छ । उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीले विश्वविद्यालयको समस्या समाधान गर्न प्रयास भैराखेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी वार्ता र सहमतिबाट समस्याको निकास निकाल्न भने लागिरहेका छौँ ।” विश्वविद्यालयमा उपकुलपति रिक्त भएको एक वर्षपछि उहाँ नियुक्त हुनुभएको हो ।

    उहाँले डिन नियुक्त गरेर रजिष्टारको सिफारीश गर्नुभएको थियो । विश्वविद्यालयमा योजना, पाठ्यक्रम विकास, जैविक प्रविधि, विद्यार्थी कल्याण निर्देशनालय, फार्म, भेटेनरी शिक्षण अस्पताल, निरन्तर शिक्षा केन्द्र, स्नातकोत्तर निर्देशनालयको निर्देशक, परीक्षा नियन्त्रक र तीन सङ्कायका पाँच जना सहायक डीन रिक्त रहेको छ ।

    अगामी फागुन महिनाबाट अनुसन्धान तथा प्रसार निर्देशनालयका उप निर्देशक र परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक खाली हुँदैछ । परीक्षा नियन्त्रक र स्नातकोत्तर निर्देशनालयका निर्देशक डीनसरहको पद हो भने अन्य सहायक डीन सरह हो । तीनै पद प्राप्तिका लागि प्रध्यापक र कर्मचारीले विभिन्न ढङ्गबाट आन्दोलन गरेको उपकुलपति प्रा डा रेग्मीको बुझाइ छ ।

    विश्वविद्यालयमा तालाबन्दी र अस्तव्यस्तता बढ्नुको पछाडि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद मुख्य रहेको त्यहाँ कार्यरत प्रध्यापक बताउँछन् । हाल विश्वविद्यालयमा प्रगतिशील प्रध्यापक सङ्गठन निकट रजिष्टार, सेवा आयोग अध्यक्ष र भेटेनरी डीन, नेपाल राष्ट्रिय प्रध्यापक सङ्गठन निकटका उपकुलपति र कृषिका डीन, प्रजातन्त्रवादी प्रध्यापक सङ्घ निकटका वन सङ्कायका डीन र अनुसन्धान तथा प्रसार निर्देशक रहेका छन् ।

    तालाबन्दीका कारण विश्वविद्यालयको प्रशासनिक, आर्थिक गतिविधि ठप्प भएको छ । शैक्षिक कार्यक्रमसमेत प्रभावित भएको छ । समयानुकूल परीक्षा हुन सकेको छैन । विश्वविद्यालयको सभा बस्न नसक्दा बजेट पारित हुन सकेको छैन । विनास्वीकृत आर्थिक गतिविधि सञ्चालन भइरहेको छ । विकास निर्माण र पूँजीगत खर्च रोकिएको विश्वविद्यालयले जनाएको छ । शिक्षण, अनुसन्धान र प्रसारको उद्देश्यका साथ विश्वविद्यालय स्थापना गरिएको हो ।

    विश्वविद्यालयका संस्थापक रजिष्टार प्रा डा सूर्यकान्त घिमिरेले पदाधिकारी जिम्मेवार नबन्दा र सरकारले ध्यान नपु¥याउँदा विश्वविद्यालय धरासाही बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस्तै अवस्था हो भने विश्वविद्यालय विघटनतर्फ जान्छ ।” सरकारसँग निकट रहेका प्राध्यापकको अधिनमा विश्वविद्यालय रहेको र उनीहरुकै बीचको लडाइँले अस्तव्यस्त बन्दै गएको उहाँको बुझाइ छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.