सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित


  •    न्युजभित्तो/४ माघ २०७७, आईतवार १३:३९ 
  • लमजुङ, ४ माघ । महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित हुने गरेको छ । बेंसीशहर नगरपालिका– ८ फूलबारीमा रहेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दर्ता भएका उजुरीमध्ये ९० प्रतिशत नै मिलापत्रमा मात्र सीमित हुने गरेको पाइएको छ ।

    महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख नन्दुकुमारी अधिकारीका अनुसार चार आर्थिक वर्षको २०७४-२०७५ देखि चालु आव २०७७-०७८ को साउदेखि पुस महिनासम्ममा १८४ घरेलु हिंसा सम्बन्धी प्रहरी कार्यालयमा दर्ता भएको छ । यीमध्ये ११६ वटा घरेलु महिला हिंसाका उजुरी मिलापत्र भएको छ भने २४ मात्र अदालती प्रक्रियामा गएको अर्थात् अदालतमा मुद्दा दर्ता गरिएको उहाँले बताउनुभयो ।

    त्यस्तै ४४ उजुरीको भने काम भइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कुटपिट गरी घर निकाला गरिएको, शारीरिक यातना, शारीरिक तथा मानसिक, शारीरिकसँगै मानसिक यातना, आवश्यक खर्चसमेत नदिइ आर्थिक अभावमा पारेर यातना, आर्थिक यातना दिएकोलगायतका महिला हिंसाको उजुरी आउने गरेको छ ।

    यी प्रहरी कार्यालयमा दर्ता भएका उजुरीमध्ये यस चालू आवको साउनदेखि पुस महिनासम्म ३२ वटा उजुरी दर्ता भएका थिए । सोमध्ये १७ वटा मिलापत्र भएको छ ।” त्यस्तै छ मात्र अदालती प्रक्रियामा गएको छ भने नौको काम भइरहेको केन्द्रले जनाएको छ । गत आव २०७६-०७७ को साउनदेखि असारसम्मको एक वर्षको अवधिमा ६१ घरेलु महिला हिंसासम्बन्धी उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो । यी मध्ये ४५ उजुरी मिलापत्र भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । छ उजुरी अदालती प्रक्रियामा रहेको छ भने १० उजुरीको काम भइरहेको प्रहरीले जनाएको छ ।

    आव २०७५-०७६ मा १२ सो सम्बन्धी उजुरी परेको थियो । यीमध्ये नौ मिलापत्र गरी टुङ्ग्याइएको छ । बाँकी तीन उजुरीका उजुरीकर्ता सम्पर्कमा नआएको केन्द्रले जनाएको छ । त्यस्तै आर्थिक वर्ष २०७४-२०७५ मा ७९ उजुरी प्रहरीमा दर्ता भएको थियो । यी उजुरीमध्ये ४५ मिलापत्र गरी टुङ्ग्याइएको छ । बाह्र वटा अदालती प्रक्रियामा लगिएको थियो ।

    बाइस वटा भने उजुरीपछि उजुरीकर्ता सम्पर्कमा नआएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार शारीरिक, मानसिक, आर्थिक यातना दिएकालाई मिलापत्र गराएपछि त्यही पीडितको त्यस्तो समस्या नदेखिएको, खान, लाउन दिएको पाइएको छ । यस प्रहरी कार्यालयमा घरेलु महिला हिंसाका ठाडो उजुरीसमेत आउने गरेको छ । आव २०७४-०७५ देखि चालु आव को साउदेखि पुस महिनासम्ममा १९७ ठाडो उजुरी अर्थात् मौखिक उजुरी आएको प्रहरीले जनाएको छ ।

    यीमध्ये पनि १४२ ठाडो उजुरी मिलापत्रमै सीमित बन्न पुगेको छ । पच्चीस उजुरी अदालती प्रक्रियामा अर्थात् मुद्दा दर्ता भएको छ भने ३० को काम भइरहेको केन्द्रले जनाएको छ । यी ठाडो उजुरी परेकामध्ये यस चालू आव को साउनदेखि पुस महिनासम्ममा १५ ठाडो उजुरी परेको छ । यीमध्ये ११ को मिलापत्र तथा एक अदालती प्रक्रियामा र तीनको काम भइरहेको जनाइएको छ । आव २०७६-०७७ मा १८ ठाडो उजुरी परेकामध्ये ११ को मिलापत्र एकको अदालती प्रक्रिया तथा छको काम भइरहेको केन्द्र प्रमुख अधिकारीको भनाइ छ । त्यस्तै आव २०७५-०७६ मा १२६ ठाडो उजुरी परेको थियो ।

    प्रहरी कार्यालयको तथ्याङ्कअनुसार उक्त ठाडो उजुरीमध्ये ९१ को मिलापत्र भएको थियो भने २३ अदालती प्रक्रिया अर्थात् अदालतमा मुद्दा दर्ता भएको थियो । बाह्रठाडो उजुरीको काम भइरहेको केन्द्रले जनाएको छ । आव २०७४-०७५ मा ३८ ठाडो उजुरी परेको थियो । यीमध्ये २९ को मिलापत्र भएको थियो भने नौको काम भइरहेको केन्द्रले जनाएको छ । प्रहरी कार्यालयमा आएका उजुरीबाहेक जिल्लाको आठवटै स्थानीय तहको न्यायिक समितिमा परेका सोसम्बन्धी उजुरीसमेत मिलापत्र नै हुने गरेको पाइन्छ ।

    सक्दो छलफल गर्दै विवाद मिलापत्र गराउने र कुरा मिल्दै नमिलेमा मात्र अदालत पठाउने गरेको न्यायिक समितिले जनाएको छ । पछिल्लो समयमा स्थानीय तहका न्यायिक समितिमा पनि अधिकांश मुद्दा घरेलु ंिहंसाका आउने गरेको उक्त समितिले जनाएको छ । कुटपिट गरेको, महिला हिंसाका बारेमा खान लाउन नदिएको लगायतका उजुरी आउने र त्यस्ता उजुरीमा दुवै पक्षलाई कार्यालयमा बोलाएर छलफल गराएर मिलाउने गरिएको मस्र्याङ्दी गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक होमबहादुर विकले जानकारी दिनुभयो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.