सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ : वरिष्ठ नेता पौडेल


  •    न्युजभित्तो/४ माघ २०७७, आईतवार १२:२३ 
  • चितवन, ४ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताउनुभएको छ । कांग्रेस चितवन क्षेत्र नं २ ले प्रजातन्त्रका सेनानी कांग्रेसका पूर्वक्षेत्रीय सभापति भक्तिप्रसाद तिमिल्सिनाको सातौँ पुण्यतिथिका दिन यहाँ आज आयोजित श्रद्धाञ्जलिसभामा उहाँले सबैको एकता र लगनशीलताले मात्र लोकतन्त्र र संविधानको रक्षा गर्न सकिने स्पष्ट गर्नुभयो । उहाँले तिमिल्सिनाको निधनले पार्टीलाई एउटा कर्मीमौरीको रिक्तता खड्कन पुगेको बताउँदै उहाँ जस्ता कार्यकर्ताका कारण कांग्रेसले आजसम्म विभिन्न आन्दोलनको नेतृत्व गर्न सकेको हो भन्नुभयो ।

    उहाँले भन्नुभयो, “राजनीति त्यागको पाटो हो । यो कुरा भक्ति तिमिल्सिनाबाट सिक्नुपर्छ ।” सभामा कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी राजनीतिबाट लाभ गर्न सक्छु भन्दा पनि राजनीतिबाट समाजमा केही गर्न सक्छु भनेर लाग्नु आवश्यक रहेको बताउँदै पार्टीका लागि त्याग गर्न सक्ने व्यक्ति मात्र सच्चा राजनीतिज्ञ हुने विचार राख्नुभयो ।

    अर्का केन्द्रीय सदस्य धनराज गुरुङले लगनशील र त्यागी नेताकै कारण कांग्रेस जीवन्त रहँदै आएको बताउनुभयो । पार्टी क्षेत्र नं २ का सभापति भरत लामिछाने, कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्वपार्टी सभापति कृष्णलाल सापकोटा, रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, वडा नं ५ का सभापति विष्णुप्रसाद धिताल, विजय भुसाललगायतले उहाँको योेगदानबारे प्रकाश पार्नुभएको थियो ।

    विसं २००१ फागुन २५ गते लमजुङको दुराडाडाँमा जन्मनुभएका तिमिल्सिनाको विसं २०७७ पुस २७ गते चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । उहाँ तत्कालीन नारायणपुर गाउँ पञ्चायतमा दुई पटक अध्यक्ष र भरतपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष हुनुभएको थियो समाजसेवामा पनि क्रियाशील तिमिल्सिनाले पार्टीका लागि सरकारी जागिर छाडेको जनाइएको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.