सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संसद विघटन राष्ट्रद्रोही कदम : नेता पौडेल


  •    न्युजभित्तो/३ माघ २०७७, शनिबार १९:१० 
  • चितवन, ३ माघ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन राष्ट्रद्रोही कदम भएको बताउनु भएको छ । नेपाली कांग्रेस भरतपुर महानगर समितिले आज शनिबार भरतपुर महानगरपालिका वडा नं. १९ शारदानगर टाउनमा आयोजना गरेको बृहत बिरोध सभामा बोल्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सच्याउनु पर्ने बताउनु भएको हो ।

    उहाँले भन्नुभयो “राष्ट्रघाती कदम सच्याइनुपर्छ, प्रतिनिधिसभा पुनस्थापना हुनुपर्छ ।” आगामी निर्वाचनमा बहुमत आउँछ भनेर ओलीले चुनाव गर्न खोजेको नभई अर्काको लहैलहैमा संसद विघटन हुन पुगेको उहाँको भनाई थियो । आगामी वैशाखमा निर्वाचन हुन नसक्ने दावी गर्दै उहाँले प्रतिनिधिसभा पुनस्र्थापना भए कांग्रेसनै निर्णायक हुने बताउनुभयो ।

    संसद पुनस्र्थापना हुने दावी गर्दै उहाँले प्रश्न गर्नुभयो “संविधान व्याख्या गर्ने न्यायलय छ कि छैन ? छ भने संसदीय प्रणालीबाट अस्थिरता नआउने गरी ५ वर्ष प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने संविधानमा व्यवस्था गरिएको छ ।” संसदमा कुनै अवरोध नआउदा, पार्टीमा भएको झगडाले संसद विघटन गरेर ओली तानाशाह बन्न खोजेको आरोप उहाँले लगाउनुभयो ।

    अदालतलाई आफूहरुले दवाव नदिएको बताउँदै उहाँले अदालतलाई संविधान हेरिदिनुस् भनेर अपिल गरेको दाबी गर्नुभयो । प्रधानमन्त्रीले अदालतलाइ धम्काउन खोजेपछि आफूहरु सडकमा आउन बाध्य भएको भन्दै उहाँले भन्नुभयो, “लोकतन्त्रमा चीरहरण हँुदा कांग्रेस चुप लाग्दैन ।” संविधान जोगाएर मात्रै निर्वाचनमा जानु पर्ने भन्दै नेता पौडेलले भन्नुभयो, “जनताको मतलाइ लात हानेर जनताको कुरा गर्न मिल्दैन ।” प्रतिनिधिसभालाई बचाएपछि बल्ल निर्वाचनमा जानुपर्ने उहाँले बताउनुभयो । कम्युनिष्टहरुले सत्ताको लुछाचुडी गरेर एकताको भ्रम छरेको उहाँको आरोप थियो ।

    कार्यक्रममा कांग्रेस नेतृ डीला संग्रौलाले संविधानको चीरहरण भएको बताउनुभयो । उहाँले भन्नुभयो “कम्युनिष्ट अस्थिरतावादी हुन्, कम्युनिष्टहरुको नकावधारी अनुहार उदाङ्गिएको छ” । लोकतन्त्रमा हत्यारा, बलात्कारी लुकाउने काम भएको भन्दै संग्रौलाले न्याय मरेको जस्तो देश बनेको बताउनुभयो ।

    सो अवसरमा कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, भरतपुर महानगर समितिका सभापति भरत अधिकारीलगायतले विगतका निर्वाचनमा भरतपुरमा कांग्रेसले तत्कालिन माओवादीलाई मतदान गरेर ठूलो गल्ती गरेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.