कालिका (चितवन), २ माघ । जिल्लाको कालिका नगरपालिकामा आज शुक्रवार नगर अस्पताल उद्घाटन गरिएको छ । जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गरी कालिका नगर अस्पताल सञ्चालन गरिएको हो ।
वडा नं ६ खोलेसिमलमा नगरप्रमुख खुमनारायण श्रेष्ठले शक्रवार अस्पतालको उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले अस्पतालको सेवा सुचारु भएसँगै उपचारका लागि भरतपुर धाउनु पर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । श्रेष्ठले १५ शैयाबाट सुरु भएको कालिका नगर अस्पताललाई छिट्टै २५ शैयाको बनाएर डाक्टर र अन्य कर्मचारीको दरबन्दी बढाउने बताउनुभयो ।
“नगरबासीले गुणस्तरीय स्वास्थ्य सेवा पाउनु पर्छ” प्रमुख श्रेष्ठले भन्नुभयो “उपकरण र जनशक्तिको व्यवस्थापन नगरपालिकाले गर्ने छ ।” २०४९ सालमा स्थापना गरिएको जुटपानी स्वास्थ्य चौकीको २०६३ सालमा स्तरोउन्नती गरी प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको थियो । अस्पतालमा स्तरोन्नती भएसँगै कालिका नगर अस्पतालमा अन्य स्वास्थ्य सेवा सहित आकस्मिक सेवा, इसीजी सेवा, फार्मेसी सेवा, एक्सरे सेवा, प्रयोगशाला सेवा थप गरिएको छ ।
चौविसै घण्टा बिरामीलाई भर्ना गरेर उपचार गर्ने व्यवस्था सहित अस्पताल सञ्चालनमा आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिनुभयो । सो अस्पतालमा ४ जना विशेषज्ञ चिकित्सक सहित ३४ जना स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गर्नेछन् । केही दिनमै प्रयोगशालामा थाइराइटको परीक्षण, भिडियो एक्सरे तथा दन्त सेवा थप सञ्चालन गरिने उहाँले बताउनुभयो । अस्पतालका प्रमुखडा.जीवन खरेलको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्षहरु विनोद रेग्मी, हिराबहादुर गुरुङलगायत स्थानीय राजनीतिक दल तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना दिनुभएको थियो ।