सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धामीझाँक्रीको नाममा बालकको हत्या


  •    /१६ जेष्ठ २०७६, बिहीबार १३:३६ 
  • जनकपुरधाम । धामीझाँक्रीका काममा दखल बढाई शक्तिशाली हुने अन्धविश्वासमा परी देवीदेवताको नाममा नर बलिका रूपमा एक जना बालकको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउपर्नेमा धनुषा जिल्ला मिथिला नगरपालिका वडा नं ६ का फेकु महतोका छोरा ५५ वर्षीय शत्रुधन महतो रहेका छन् । पक्राउ गरिएका महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषामा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

    गत वैशाख २३ गते बेलुका ५ बजे महतोले मिथिला नगरपालिका वडा नं ६ का शम्भुकुमार साहका छोरा साढे दुई वर्षीय आर्यन भन्ने समीरकुमार साहलाई आफ्नो घरको ढोकामा फूलको बोट नजिक खेलिरहेको अवस्थामा ललाइफकाइ गर्दै अपहरण गरी आफ्नो घरमा बन्धक बनाई राखी भोलिपल्ट वैशाख २४ गते बिहान चमेनिया माय भन्ने देवताका नाममा नर बलिका रूपमा नियतपूर्वक आफ्नै घर आँगनमा धारिलो हतियारले बालकको घाँटी रेटी मारेको जनाइएको छ ।

    बालकको हत्यापछि महतोले बालकको शवलाई बालकको घर पछाडि रहेको कृष्णनन्दन महतोको रूख बिरूवासहितको खेतको झारीमा फालेका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । महतोले विगत दुई वर्षदेखि धामीझाँक्री सिक्दै आएका थिए । बेलाबेलामा बालक समीरलाई झारफुक गर्दै आएका कारण बालकलाई फकाउन महतोलाई सजिलो भएको बताइएको छ । मृतक बालकका आमा रेणुदेवी साह घाँस काट्न गएको अवस्थामा घरमा कोही नभएको मौका छोपी बालकलाई फकाइ अपहरण गरी बन्धक बनाएको थियो ।

    मृतकका हजुरबा पीताम्बर साहले महतोका नाममा अपहरण गरी शरीर बन्धक बनाई मारेको ज्यानसम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दर्खास्त दिएका आधारमा महतोलाई हिजो आफ्नै घरमा फेला पारी पक्राउ गरिएको बताइएको छ ।
    महतोले अपराध स्वीकार गरेको र उनीबाट धारिलो हतियार बरामद गरिएको प्रहरीले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’
    ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ
    चौधौँ वर्षमा वाग्मती सफाइ महाअभियान
    • प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग
    • प्रतिनिधिसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
    • खानीडाँडा–थामर्खक सडकमा कालोपत्र सुरु
    • कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.