सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय भूकम्प सुरक्षा दिवसः निर्माण मापदण्ड पालना गर्न आग्रह


  •    न्युजभित्तो/२ माघ २०७७, शुक्रबार १२:४७ 
  • हेटाैंडा, २ माघ । ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ यस वर्षको २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

    जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुर, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, शिक्षा, भवन र अनुदान व्यवस्थापन कार्यालयको संयुक्त आयोजनामा आज बिहान हेटौँडामा सन्देशमूलक -याली निकालिएको छ ।

    स्थानीय भूटनदेवी माध्यमिक विद्यालयको प्राङ्गणबाट शुरु गरिएको सो ¥याली सिमाचोक, बुद्धचोक हँुदै जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगेर सभामा परिणत भएको थियो । सभामा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल र प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भौतिक संरचना निर्माण गर्दा सरकारले निर्धारण गरेको मापदण्ड पूर्णरुपमा परिपालन गर्न सबैमा आग्रह गर्नुभयो ।

    घटाऔँ भूकम्पको खतरा जागरुक भई

    झापा– २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज बिहान झापाको चन्द्रगढीमा प्रभातफेरी निकालिएको छ ।

    ‘सुरक्षित भवन बनाउन राष्ट्रिय भवन संहिताको अनुसरण गराँै, भूकम्पकीय विपद्बाट सुरक्षित हुने सम्पूर्ण नागरिकको अधिकार, घटाऔँ भूकम्पको खतरा जागरुक भई, आउला भूकम्प भत्काउला घर, जिउधन जोगाउने हाम्रो कर’ लगायत नारा लेखिएका ‘प्लेकार्ड’ सहित चन्द्रगढीको लेखनाथ चोकबाट निकालिएको प्रभातफेरी जिल्ला समन्वय समिति झापाको हलमा पुगेर अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो ।

    जिल्ला विपद् व्यवस्थापन समिति झापाको आयोजनामा निकालिएको प्रभातफेरीमा जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख, कर्मचारी, जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलगायत सर्वसाधारणको सहभागिता थियो ।

    सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलेले भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीका विषयमा विगतका प्रयास तथा अनुभवबाट पाठ सिकेर अगाडी बढनुपर्ने बताउनुभयो ।

    नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले नेपालमा विसं १८९० देखि २०७२ सम्ममा भूकम्पबाट भएको धनजनको क्षतिबारे जानकारी दिनुभयो । भद्रपुर नगरपालिका प्रमुख जीवन श्रेष्ठ, सघन शहरी विकास कार्यालय भद्रपुरका प्रमुख राजेन्द्र खतिवडा, आधिकारिक ट्रेड युनियनका अध्यक्ष लक्ष्मी गुरागाईंलगायतले कमजोर भवन बनाउँदा पुग्ने क्षति, भूकम्पबाट जोगिने आधारभूत जानकारी र नेपाल सरकारले तोकेको मापदण्डअनुसार भवन बनाउन सबैमा आग्रह गर्नुभयो ।

    कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्तरुपमा भूकम्प आउँदा सुरक्षित रहने तरिकाबारे ‘नमूना प्रदर्शन’ गरेर देखाएका थिए । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा भूकम्प दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी झापाले जिल्ला कारागारका कैदीबन्दीका लागि १०० थान न्यानो कम्बल कारागार प्रमुख राजेन्द्र गौतममार्फत हस्तान्तरण गरेको थियो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.