सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस चितवनले माघ ३ गते सातै पालिकामा विरोध सभा गर्ने


  •    न्युजभित्तो/२ माघ २०७७, शुक्रबार ११:३७ 
  • चितवन, २ माघ । नेपाली काँग्रेस चितवनले जिल्लाका सात स्थानीय तहमा बृहत विरोध सभा गर्ने भएको छ । काँग्रेस चितवनका सभापती जीतनारायण श्रेष्ठका अनुसार जिल्लामा रहेका सात स्थानीय तहहरुमा फरक फरक समयमा प्रदर्शन गर्न लागिएको हो ।

    काँग्रेस चितवनको प्रदर्शनीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य महेश आचार्य, धनराज गुरुङ, डिला संग्रौला सहितका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । श्रेष्ठका अनुसार पौडेलले भरतपुर महानगरपालिकाको बिरोध सभालाई सम्बोधन गर्दै हुनुहुन्छ । दिउँसो १ बजे शारदानगरमा हुने बिरोध सभामा पौडेल र संग्रौलाले सम्बोधन गर्नुहुने छ । राप्ती नगरपालिकाको भण्डारामा र रत्ननगरको बकुल्लहरमा महेश आचार्यले सम्बोधन गर्दै हुनुहुन्छ ।

    भण्डारामा ११ बजे र रत्ननगरमा दिउँसो १ बजे बिरोधसभा हुँदै छ । यस्तै खैरहनीको पुरानो पर्सामा धनराज गुरुङले १ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै कालिकाको भिमोदय चोक पदमपुरमा ११ बजे, माडीको बसन्तपुरमा १२ः३० बजे र ईच्छाकामनाको मुग्लिन बजारमा १२ः३० बजे बिरोध प्रदर्शनसँगै सभा हुने श्रेष्ठले जानकारी दिनुभयो । ती सभालाई जिल्ला स्तरका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सरकारले संसद बिघठन गरेको बिषयलाई लिएर काँग्रेसले चरणवद्ध आन्दोलनको घोषणा गरेर जनतामाझ गएको हो ।

    यस अघि काँग्रेसले जिल्ला स्तरीय, प्रतिनिधि सभा, प्रदेश सभा हुँदै पालिका तहमा बिरोध सभा गर्न लागेको हो । सरकारको कदमको बिरोधमा आन्दोलन गर्दै आएको काँग्रेसले माघ ८ गते जिल्लाको ९८ वटै वडामा बिरोध प्रदर्शन गर्दै छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.