सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालमा यस वर्ष हिउँदमा तातो महसुस हुनुमा दक्षिणी वायुको प्रभाव


  •    न्युजभित्तो/२८ पुष २०७७, मंगलवार ११:०० 
  • काठमाडौँ, २८ पुस । नेपालमा यस वर्ष हिउँदमा तातो महसुस हुनुमा दक्षिणी वायुको प्रभाव बलियो रहनु नै मुख्य कारक मानिएको छ । जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक तथा वरिष्ठ मौसम वैज्ञानिक डा. मदनलाल श्रेष्ठले मौसमी प्रवृत्तिअनुसार यतिबेला पश्चिमी वायुको प्रभाव नेपालमा बढ्नुपर्ने हो तर त्यसको विपरीत दक्षिणी वायु नै नेपालको पश्चिमी बाटो हुँदै भित्रिइरहेको छ ।

    “त्यसको असर तल्लो र माथिल्लो वायुमण्डलमा अधिक परेकै कारण यस वर्षको हिउँदमा न्यानो महसुस गरिएको हो,” उहाँले भन्नुभयो । उहाँले भन्नुभए जस्तै अघिल्ला वर्षका पुस महिनामा चिसो सिरेटोले हान्थ्यो तर अहिले माघ लाग्ने बेला हुँदासमेत रातको समयमा बाहेक अधिकांश क्षेत्रमा न्यानो महसुस गरिएको छ । काठमाडौँँ लगायतका जिल्लामा घाम लागेर दिउँसो गर्मी हुन थालेको छ । हिमपात र वर्षा निकै कम भइरहेको छ ।
    विगत साढे तीन महिनादेखि नेपालमा राम्ररी पानी परेको छैन ।

    मौसमी चक्रअनुसार कहिले पश्चिमी र कहिले दक्षिणी वायुको प्रभाव बढी पर्ने गरेकाले कहिले हिउँदमा निकै चिसो र कहिले न्यानो हुने गर्छ । यसो हुनुमा जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम बढ्नु एउटा कारक तìव रहेको डा. श्रेष्ठ सुनाउनुहुन्छ । उहाँका अनुसार हरेक १० वर्षमा नेपालको तापक्रम ०.५ डिग्री सेन्टिग्रेड बढ्दै गएको छ । चिसा र लामा रातको चक्र घट्दै गएको छ । नेपालमा हिउँदताका रसिया र युरोप हुँदै पश्चिमी वायु आउने गर्छ ।

    त्यसमा हुने जलवाष्पयुक्त आद्र्रताका कारण हिउँदमा वर्षा र हिमपातको मात्रा धेरथोर फरक पर्ने उहाँले बताउनुभयो तर यसपालि पश्चिमी वायु नेपाल आउने प्रक्रियामा केही अवरोध देखा परेको छ, जसका कारण युरोपका विभिन्न मुलुकमा चर्को हिमपात भइरहँदा नेपालमा हिउँद न्यानो भइरहेको छ । भारतको काश्मिर र पाकिस्तानको उत्तरी भेगमा पश्चिमी वायुले जति बढी प्रभाव पारिरहेको छ, त्यसको तुलनामा नेपालमा निकै न्यून प्रभाव पारेको छ ।

    अर्को कारण यतिबेला भारतको मध्य प्रदेशमा उच्च चापीय क्षेत्रको विकास भएको उहाँले बताउनुभयो । त्यसले पनि दक्षिणी वायुको प्रभाव वृद्धि गरेर नेपालमा न्यानो बनाइरहेको छ । पश्चिमी वायुको प्रभाव नेपालको पूर्वीभन्दा पश्चिमी भूभागमै बढी पर्ने हो तर यसपटक केही दिनअघि हल्का वर्षा र हिमपातभन्दा अन्य असर त्यस क्षेत्रमा पर्न सकेन । मनसुनको समयमा भने पूर्र्वीय वायुको प्रभाव पश्चिममा भन्दा पूर्वी भेगमै बढी हुने गर्छ ।

    हिउँदको मध्य समयदेखि नै यसपटक तातो बढ्दै गएको जल तथा मौसम विज्ञान विभागका जलवायु विश्लेषक डा. इन्दिरा कँडेलले जानकारी दिनुभयो । “पश्चिमी वायु आइरहेको छ तर त्यसमा जलवाष्प कम रहेकाले पानी पर्न सकेको छैन, त्यसले न्यानो बढाउन सघाएको छ,” उहाँले थप्नुभयो । हावामा रहेका धुलाका कणसहितका प्रदूषण, सूर्यको प्रकाश र जलवाष्पविहीन वायुको प्रभावले तापक्रम बढाइरहेको छ । यो तातोपन लम्बिने सम्भावना छ तर कतिसम्म लम्बिन्छ भन्ने विषयमा थप विश्लेषण र केही समय पर्खिनुपर्ने उहाँको तर्क छ ।

    मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौँलगायत केही क्षेत्रमा चर्को घाम देखिए पनि तराईका विभिन्न भेगमा भने घाम लागेको छैन । सोमबार पनि हु‚सु र कुहिरो लागेको छ । उहाँका अनुसार मङ्गलबारदेखि केही दिन फेरि देशभर बदली हुने अनुमान गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.