सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तराइमा बाक्लो हुस्सु, शितलहर हुन सक्ने


  •    न्युजभित्तो/२७ पुष २०७७, सोमबार १६:३० 
  • काठमाडौं, २७ पुस । नेपालमा डिसेम्बर १५ देखि जनबरी १५ सम्मको तीस दिनको समयलाई अत्याधिक चिसो मानिन्छ । विगतका बर्षहरूमा काठमाडांै उपत्यकामा तीस दिनको समयमा बिहान र रातीको समयमा एक डिग्री सेल्सियसको हाराहारीमा तापक्रम पुग्ने गर्दथ्र्याे । चार दिनअघि काठमाडौं उपत्यकाको चिसोको मापन शून्य दशमलव छ डिग्री मापन गरिएको थियो ।

    जल तथा मौसम विज्ञान विभागका बरिष्ठ मौसमविद् प्रतिभा मानन्धर आकाश निरन्तर खुल्ला भएर र जनवरी महिनाको बिशेषता नै रात र बिहान तापक्रम घट्ने र दिउँसोको समयमा तापक्रम बढ्ने भएकाले त्यस्तो सर्वसाधारणले दिउँसोको समयमा तातो महसुस गरेको बताउनुभयो ।

    शनिबार आइतबार र सोमबार दिउँसो समेत तातो महसुस गरिएको छ । सोमबार दिउँसो २२–२४ डिग्री सेल्सियसको बीचमा तापक्रम रहने अनुमान गरिएको छ । त्यस्तै रातीको तापक्रम न्यूनतम तीन डिग्रीसम्म हुने अनुमान गरिएको छ । आइतबार रातीको न्यूनतम तापक्रम ४.५ डिग्री र दिउँसोको अधिकतम् तापक्रम २३.७ डिग्री मापन गरिएको बरिष्ठ मौसमविद् मानन्धरले बताउनुभयो ।

    अघिल्लो सातासम्म दिउँसोको समयमा समेत निक्कै चिसो हुने काठमाडौंमा शनिबार यता भने सर्वसाधारणले न्यानो अनुभव गर्नुको खास कारण आकाश खुल्नुनै रहेको मानन्धरले भन्नुभयो ।

    आइतबार काठमाडौंको अधिकतम तापक्रम २३.७ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । शनिबार तापक्रम २२.४ डिग्री सेल्सियस थियो । अधिकतम् तापक्रममा बृद्धि भएपछि मानिसले गर्मीको अनुभव गर्न थालेको मानन्धरले भन्नुभयो ।
    अंग्रेजी क्यालेण्डर अनुसार डिसेम्बर २२ पछि र नेपाली सँस्कृति योमरी पूर्णिमा पछाडिका दिनहरु लामा हुन थाल्ने र तापक्रम समेत बढ्ने भएकाले गर्मीको महसुस भएको उहाँले भन्नुभयो । दिन लामो भएपछि सूर्यको तापको मात्रा पनि बढ्दै जाँदा गर्मी अनुभव भएको उहाँले बताउनुभयो ।

    पहाडी जिल्लाहरूमा आकाश खुलेर तापक्रम बढेपनि तराइका जिल्लामा भने बादल लागेर चिसो बढेको उहाँले बताउनुभयो । केही समय बादल लाग्यो भने तराइमा शितलहर हुन सक्ने उहाँले बताउनुभयो ।
    तराइका अधिकाशं जिल्लामा सोमबार बिहानैदेखि बाक्लो हुस्सु लागेको बरिष्ठ मौसमविद् मानन्धरले भन्नुभयो । उहाँले अहिले पनि तराइका अधिकाशं भागमा बाक्लो कुहिरो लागेकाले शितलहर हुन सक्ने संम्भावना रहेको बताउनुभयो । बालबालिका, ज्येष्ठ नागरिकलाई जोगाउन तातो लुगा लगाउने, आगो बाल्ने काम गर्न विभागले अनुरोध गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.