सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर लोकबहादुरको निधन


  •    न्युजभित्तो/२७ पुष २०७७, सोमबार १०:२१ 
  • काठमाडौं, २७ पुस । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर लोकबहादुर शाहीको निधन भएको छ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वमहासचिवसमेत रहेका शाहीको ६५ वर्षको उमेरमा आइतबार साँझ दैलेखमा निधन भएको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले परिवारका सदस्यलाई उदृत गर्दै जनाएका छन् ।

    शाहीको विभिन्न अंगमा समस्या देखिएको थियो । उनको पुर्ख्यौली घर दैलेखमै उनको अन्तिम संस्कार गरिने भएको छ ।

    शाही नेपाली फुटबलले पाएको उत्कृष्ट गोलकिपरमध्ये एक हुन् ।

    उनले ८० को दशकमा नेपाली टोलीबाट खेलेका थिए । पछि उनी नेपाली फुटबलको प्रशासन र व्यवस्थापकको रुपमा रहेरसमेत काम गरे । नेपालले सन् १९८४ मा साफ फुटबलको स्वर्ण पदक जित्दा शाही त्यसको सदस्य थिए । पछि उनी एन्फाको महासचिवसम्म बने ।

    उले सन् १९८२ देखि १९८९ सम्म नेपालको राष्ट्रिय टिमबाट खेलेका थिए ।

    उनी नेपाल आइस हक्की संघका संस्थापक अध्यक्षसमेत हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.