सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री भन्नु हुन्छ-चाहेर पनि मलाई हटाउन सकेनन्, यही हो स्थिरता


  •    न्युजभित्तो/२६ पुष २०७७, आईतवार १५:४७ 
  • काठमाडौं, २६ पुस । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले चाहेर पनि आफूलाई हटाउन नसकेको भन्दै यही स्थिरता र स्थायित्व भएको बताएका छन् ।

    आइतबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव हुनु अस्थिरता नभएको जिकिर गरे ।

    ‘संवैधानिक बाटोबाट जाँदा अस्थिरता भनिँदैन,’ उनले भने, ‘अस्थिरता त्यतिबेला हुन्छ, जतिबेला बाध्य शक्तिको इशारामा जब देशका शक्तिहरु गोटी बन्न थाल्छन्, राष्ट्रिय राजनीतिलाई अस्वस्थतातिर धकेल्न थाल्छन्, विकासका काममा व्यवधान गर्न थाल्छन् र निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिन थाल्छन् ।’

    उनले अघि भने, ‘अहिले स्थिरताको स्थिति हो, कसैले चाहेर पनि प्रधानमन्त्री हटाउन सकेन ।’

    आफूले ५ वर्ष सरकार टिकोस् भन्ने चाहेको तर आफ्नै पार्टीका नेताहरुले देशलाई अस्थिरतामा लैजाने प्रयास गरेको उनको आरोप छ । ‘त्यसमा प्रायोजित सञ्चार माध्यम प्रयोग भएका छन्, बुद्धिजिवीहरुको एउटा झुण्ड पनि लागेको छ,’ उनले भने, ‘संसद विघटनबाट अस्थिरता सृजना गर्ने प्रयास रोकिएको छ ।

    संसद विघटनलाई असंवैधानिक र गैरजिम्मेवारपूर्ण कदम भनेको भन्दै प्रधानमन्त्री ओलीले आक्रोश पोखे । आफूले जिम्मेवारीबोधका साथ प्रतिनिधिसभा विघटन गरेको भन्दै उनले भने, ‘लोकतन्त्र ल्याउन जनताले जति बलिदान गरेका छन्, त्यसको हिसाब गरेर पदलोलुप मान्छेहरुलाई हावी हुन दिएर लोकतन्त्रलाई डिरेल गर्न दिन हुुँदैन भनेर प्रतिनिधिसभा विघटन गरेको हुँ ।’

    आफूले कुनै गल्ती गरेको भए जनताले दण्डित गर्ने भन्दै उनले निर्वाचनमा जान आग्रह गरे ।

    उनले संसद विघटनको विपक्षमा उभिएका पूर्वप्रधानन्याधीश र नागरिक समाजका अगुवाहरुको पनि आलोचना गरे ।

    उनीहरुले अदालतलाई दबाव दिएको र स्वतन्त्र ढंगले काम गर्न बाधा पुर्याएको उनको आरोप छ ।

    पूर्वप्रधानन्यायाधीशहरुले सडकमा उर्लिएर स्वतन्त्र न्यायालयलाई लल्कारेको भन्दै उनले भने, ‘एक जना वकिलले प्रधानन्यायाधीशलाई वर्तमान र भविश्य सम्झिएर फैसला गर्नुस् भनेछन् । अराजकताको पनि हद हुन्छ नि ?’

    राजनीतिक पक्षधरता देखाएको र न्यायालयलाई दबावमा पार्न खोजिएको भन्दै उनले भने, ‘न्यायालय दबावमा पर्न हुन्न । सरकार र मैले नेतृत्व गरेको नेकपाले अदालत, शक्ति पृथकीकरणको सिद्धान्त मान्छ ।’

    संसद विघटन राजनीतिक निर्णय भएको भन्दै उनले त्यसविरुद्ध परेको रिट खारेज हुनुपर्ने दाबी गरे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.