बालिका आश्रमलाई रोटरी क्लब र रेयुकाईको खाद्यान्न र न्यानो कपडा सहयोग
न्युजभित्तो/२५ पुष २०७७, शनिबार १७:३६
चितवन, २५ पुस । रोटरी क्लब अफ भरतपुर र युराशिया रेयुकाई समाज विकास केन्द्र नारायणगढको संयुक्त आयोजनामा खाद्यान्न तथा न्यानो कपडा वितरण गरिएको छ । लोक कल्याण सेवा प्रतिष्ठानद्वारा देवघाटमा सञ्चालित श्री रामजानकी बालिक आश्रममा शनिबार ती सामग्र वितरण गरिएको हो ।
सो अवसरमा रोटरी क्लब अफ भरतपुरका अध्यक्ष डा. रेवन्तकुमार भट्टराई र केन्द्रका अध्यक्ष वेदबहादुर थापाले खाद्यान्न तथा न्यानो कपडा हस्तान्तरण गर्नुभएको थियो । २३ थान डसना, सिरानी, तन्ना तथा चामल, दान, तेल, गेडागुडी, चिउरा लगायतका खाद्यान्न वितरण गरिएको हो ।
कार्यक्रममा आश्रमका महासचिव रामेश्वर खनाल, रोटरी क्लब अफ भरतपुरका प्रेसिडेन्ट इलेक्ट राजेन्द्रकुमार पिया, यूराशिया रेयुकाई समाज विकास केन्द्रका अध्यक्ष थापाले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा क्लबका अध्यक्ष, पूर्व अध्यक्ष, प्रेसिडेन्ट इलेक्ट, प्रेसिडेन्ट नोमिनी, बोर्डका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो । यस्तै रेयुकाईका पदाधिकारी, रोट्र¥याक्ट क्लब अफ भरतपुरका पदाधिकारी, इन्ट्रप्याक क्लब अफ स्मलहेवन मोडल स्कूलकी अध्यक्ष एवं सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम क्लबका अध्यक्ष डा. भट्टराईको अध्यक्षतामा भएको थियो भने सञ्चालन क्लबका सर्भिस प्रोजेक्ट चियर नविन भण्डारीले गर्नुभएको थियो ।