पछिल्लो चौबीस घण्टामा ३६२ संक्रमित थपिए ६९९ जना निको भए
न्युजभित्तो/२५ पुष २०७७, शनिबार १६:३१
काठमाडौं, २५ पुस । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ३६२ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै ६९९ जनाले कोरोना जित्न सफल भएका छन् ।
स्वास्थ्य मन्त्रालयले शनिबार कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६४ ह्जार ५२१ जनामा भाइरसबाट सङ्क्रमित भएको उल्लेख छ । त्यस्तै निको हुनेको संख्या कुल दुई लाख ५७ हजार ९२८ पुगेको छ । हाल चार हजार ६८१ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।