सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल दाना उद्योग संघ चितवनको अध्यक्षमा पुनः खनाल


  •    न्युजभित्तो/२५ पुष २०७७, शनिबार ११:२६ 
  • पटिहानी (चितवन), २५ पुस । नेपाल दाना उद्योग संघ चितवन शाखाको साधारण सभाले बालचन्द्र खनाललाई पुनः अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ । आज शनिबार पटिहानीमा सम्पन्न साधारणसभाले नौ सदस्य समिति सर्वसम्मत चयन गरेको हो ।

    समितिको उपाध्यक्षमा बिनोद पोखरेल, सचिवमा ओमप्रकाश तिवारी, कोषाध्यक्षमा युवराज पाठक र सदस्यहरुमा लिलाबल्लभ चापागाई, बुद्धिप्रसाद अधिकारी, रामचन्द्र अधिकारी, शिव पौडेल र निराजन खनाललाई चयन गरेको छ ।

    साधारणसभामा संघका केन्द्रीय अध्यक्ष रविन पुरिले कच्चा पदार्थमा विदेशी निर्भरता हटाउनु पर्ने बताउनुभयो । उहाँले सरकारले लगाएको कृषि सुधार शुल्क हटाउनु पर्नेमा जोड दिनुभयो ।

    सो अवसरमा नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष नारायणहरि खत्री र टिकाराम पोखरेलले लागत मूल्य बढी हुँदा चल्ला, अण्डा र मासुको मूल्य बढी भएको बताउनुभयो ।

    कार्यक्रममा नेपाल दाना उद्योग संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष शंकरप्रसाद कँडेल, संघका जिल्ला उपाध्यक्ष बिनोद पोखरेललगायतले बोल्नु भएको थियो । जिल्लामा २५ वटा दाना उद्योग रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.