सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डोजर हानेर क्रिकेट रङ्गशाला भत्काउने यत्रो आँट ?


  •    /१५ जेष्ठ २०७६, बुधबार २०:४८ 
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्वर १५, रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला आम चितवनवासीको मात्रै नभई राष्ट्रकै गौरवको योजना हो । यही गौरबको योजनामाथि बुधबार एउटा अराजक भीडले हठात् आक्रमण गरेर चितवनवासीको शीर निहुर्याउने दुष्कर्म गरेका छन् ।

    निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा त्यसरी आक्रमण गर्नेहरु बाहिरबाट आएका नभई त्यहीँका केही स्थानीय हुन् । गुण्डागर्दीलाई पेशा बनाएका केही अराजकले त्यसरी आक्रमण गरेपनि अरु स्थानीय भने घटनाबाट दुःखित छन् र रङ्गशाला निर्माणका लागि आफुहरुले सक्दो मद्दत गर्न तयार रहेको सन्देश दिन दिनभर निर्माणस्थलमा आएर भावनात्मक साथ दिइरहे ।

    रङ्गशाला निर्माणका लागि लगाइएको बार केही उच्छृङ्खल व्यक्तिहरुले डोजर लगाएर भत्काईदिएपछि बुधबार दिनभर यो घटना चर्चाको विषय बन्यो । उनीहरुले जस्तापाताको बार डोजर लगाएर भत्काइदिएका छन् । उनीहरुले बार मात्रै भत्काएनन् त्यहाँ रहेका धुर्मुस–सुन्तली फाउण्डेसनका कर्मचारी र रङ्गशाला निर्माणमा खटिएका कामदारहरुलाईसमेत धम्क्याएका छन् ।

    रङ्गशालाको जस्तापाताले घेरिएको झण्डै एक किलोमिटर बार डोजर लगाएर भत्काइएको छ । त्यसरी बार भत्काउने क्रममा पुगेका प्रहरीलाईसमेत उनीहरुले धम्क्याएका थिए ।

    प्रत्यक्षदर्शीका अनुसार राष्ट्रिय गौरवको योजनाका रुपमा लिइएको गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाको बारमा डोजर चलाएर कर्मचारीलाई धम्की दिने कामको नेतृत्व गर्ने नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकलगायत हुन् ।

    प्रहरीले घटनामा संलग्न भएको आशंकामा १६ जनालाई पक्राउ गरेको छ। बार भत्काउन प्रयोग गरिएको डोजर प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा संलग्न मुख्य व्यक्ति भनिएका प्रकाश कँडेलको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, चितवनका डिएसपी दुर्गा रेग्मीले जानकारी दिनुभएको छ ।

    रङ्गशालाको पश्चिमतर्फ बाटोका लागि जग्गा छाड्नुपर्ने स्थानीयको माग छ । उनीहरुले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनले भोगचलन गर्दै आएको जग्गाबाट सडक बनाउनुपर्ने माग गरेका छन् । यस विषयमा चार दिनअघि फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल र स्थानीबीच छलफल भएको थियो ।

    रङ्गशालाका लागिसमेत बाटो चाहिने भएकोले त्यसका लागि १० मिटर जग्गा छुट्याउने कट्टेलले विश्वास दिलाएका थिए । सहमति गरेपछि केही व्यक्तिहरुको उक्साहटमा जस्ताको बार भत्काइएको फाउण्डेसनका अध्यक्ष कट्टेलले बताए । उनले दुःखी हुँदै भने– ‘उहाँहरुलेनै सामानको सुरक्षाका लागि बार लगाउनुस् भन्नुभयो, तर एकाएक आएर डोजर लगाउनुभयो’ धुर्मसले भने ।

    त्यहाँका केही स्थानीय ठेकेदारले आफूहरुसँग निर्माण सामाग्री लिनुपर्ने, केही प्रतिशत स्थानीयलाई कमिसन दिनुपर्ने माग गर्दै साइट कार्यालयमा गई धम्की दिने गरेका बताइएको छ। तिनै धम्की दिने व्यक्तिहरुले नै डोजर लगाएर बार भत्काएका रङ्गशाला निर्माणमा खटिएका एक कर्मचारीले बताएका छन् ।

    राष्ट्रिय गौरवको योजनामा त्यसरी गुण्डागर्दी गर्ने र आक्रमण गर्नेमाथि कडा कारवाही गर्नुपर्ने सर्वसाधारणको माग छ । आज धेरैले सामाजिक सञ्जालमार्फतसमेत उक्त घटनाको भत्र्सना गर्दै घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरेका छन् ।

    आजै गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाले आफ्नो आधिकारिक फेसबुक पेजमा विकासविरोधी तत्वहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा डोजर लगाउँदै बार भत्काएर उद्दण्डता मच्चाएका उल्लेख गरेको छ। पोष्टमा भनिएको छ– ‘ठेकेदारी र कमिसन प्रथा जहाँसुकै व्याप्त छ भन्ने कुरा यस निन्दनीय घटनाले पनि पुष्टि गरेको छ । विनाकुनै छलफल राष्ट्रको गौरवका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा डोजर लगाउँदै बार भत्काउने तुच्छ क्रियाकलापको हामी घोर भत्र्सना गर्दछौँ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.