सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१३० किलोग्राम गाँजासहित ८ जना भरिया पक्राउ


  •    न्युजभित्तो/२४ पुष २०७७, शुक्रबार १५:४४ 
  • हेटौँडा, २४ पुस । मकवानपुर प्रहरीले १३० किलोग्राम गाँजासहित गाँजा ओसारपसारमा संलग्न ८ जना भरियालाई पक्राउ गरेको छ । दुई स्थानबाट गाँजा र गाँजा ओसारपसारमा संलग्न मानिसहरु पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान ४ बजे मनहरी गाउँपालिका वडा नं ८ सिमपानीबाट ४४ किलोग्राम गाँजासहित ८ जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक विनोद श्रेष्ठले बताउनुभयो ।

    सडक किनारमा लुकिछिपी बसेर गाँजा लोड गर्ने तयारी गरिरहेका राक्सिराङ गाउँपालिका वडा नं २ का २२ वर्षीय सुजन प्रजा, सोही स्थानका २५ वर्षीय दीपक लामा, ५२ वर्षीया कान्छाराम लामा, ४५ वर्षीय गोपाल चेपाङ, ३१ वर्षीय रतन सिन्तान, ३६ वर्षीय उदाश ब्लोन, २५ वर्षीय प्रेम मोक्तान छन् । त्यसैगरी कैलाश गाउँपालिका वडा नं ४ बस्ने ३४ वर्षीय सीताराम स्याङ्तानलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्लाष्टिकले बेरेर ढिक्का बनाइएको अवस्थामा ४ वटा पोकामा रहेको ४४ किलोग्राम गाँजा बरामद गरिएको हो ।

    त्यसैगरी इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका वडा नं ६ रुपाचुरी जंगलमा गाँजा ओसा पसार भइरहेको भन्ने सुराकीको आधारमा ८६ किलोग्राम गाँजा बरामद गरेको छ । प्रहरी टोली देखेपछि उनीहरुले गाँजा छाडेर भागेका थिए । दुबै घटनामा संलग्नहरुको खोजी र अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.