सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली कैलालीको धनगढी आइपुगे


  •    न्युजभित्तो/२४ पुष २०७७, शुक्रबार १३:१३ 
  • धनगढी, २४ पुस । जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली कैलालीको धनगढी आइपुगेका छन् । काठमाडौंबाट श्री एयरलाइन्सको हवाईजहाज चढेर प्रधानमन्त्री ओली धनगढी आइपुगेका हुन् । प्रधानमन्त्री ओलीले आज धनगढीको खुलामञ्चमा आयोजना हुने प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

    धनगढी विमानस्थलमा प्रधानमन्त्री ओलीलाई स्वागत गर्न प्रदेश सरकारका कोही पनि पुगेनन् । मुख्यमन्त्री त्रिलोचन भट्टको सचिवालयले प्रधानमन्त्री ओली धनगढी आउने औपचारिक जानकारी नभएकाले स्वागतका लागि कोही नगएको जनाएको छ । कर्णाली प्रदेश सरकारमा ओली पक्षको सहभागीता शून्य छ ।

    हाल सुदूरपश्चिम प्रदेश सरकारमा ओली पक्षको सहभागीता शून्य छ । प्रदेशसभामा पनि प्रचण्ड–माधव नेपाल पक्षकै बाहुल्य छ । विगतमा सुदूरपश्चिम प्रदेश सरकारमा ओली निकट पठानसिंह बोहरा र झपट बोहरा मन्त्री थिए । पठानसिंह बर्खास्तमा परेका थिए भने झपट आफैंले राजीनामा दिएका थिए ।

    आफू अल्पमतमा परेको महसुस गरेको ओली पक्षले सुदूरपश्चिम प्रदेशलाई विशेष प्राथमिकतामा राखेको छ । संसद विघटनपछि काठमाडौं बाहिर ननिस्किएका प्रधानमन्त्री ओली आज पहिलो पटक धनगढी आउनुले पनि त्यसलाई पुष्टि गर्ने जानकारहरु बताउँछन् । काठमाडौंको कार्की ब्यांक्वेटमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा पनि प्रधानमन्त्री ओली आफैं सहभागी भएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.