सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देशका चारवटै क्षेत्रमा तालिम प्रतिष्ठान स्थापना गर्ने छौ : नेपाल जेसिज अध्यक्ष अरुणेश्वर खनाल


  •    न्युजभित्तो/२४ पुष २०७७, शुक्रबार ११:०८ 
  • चितवन, २४ पुस । नेपाल जेसिजका अध्यक्ष अरुणेश्वर खनालले देशका चारवटै क्षेत्रमा तालिम प्रतिष्ठान स्थापना गरिने बताउनुभएको छ । जनवरी १ तारिखमा कार्यभार सम्हालेपछि गृहजिल्ला आउनुभएका खनालले पत्रकारहरुसँग कुरा गर्दै आफ्नो कार्यकालमा तालिमलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो ।

    नेतृत्व, व्यक्तित्व र क्षमता विकासलाई महत्व दिएर अगाडि बढ्ने बताउँदै उहाँले भन्नुभयो, “मैले आगामी वर्ष जेसिजमा तालिमलाई नै प्रमुख स्थान दिनेछु ।” आफूले सहज तवरले तालिम प्रदान गर्ने वातावरण तयार पार्ने उहाँको भनाइ थियो । जेसिज आफँैमा एउटा तालिम प्रदायक संस्था भएको बताउँदै उहाँले भन्नुभयो, “मेरो कार्यकालमा तालिमलाई अझै सर्वसुलभ बनाउने प्रयास हुनेछ ।” जेसिजले मानवताको कार्यलाई आफ्नो आर्दश ठान्ने उहाँको भनाइ थियो ।

    उहाँले भन्नुभयो, “हाम्रो आस्था हेर्नुहोस्, समाज रूपान्तरणका लागि जेसिजले सबै काम गर्दै आइरहेको छ ।” निरंकुश र कहालीलाग्दो शासन व्यवस्था भएका बेलामा पनि जेसिजले आफ्नो सिद्धान्तसँग कहिल्यै सम्झौता नगरेको भन्दै खनालले जेसिजले विधिको शासन नै मुलुकका लागि चाहिन्छ भनेर वकालत गर्ने गरेको बताउनुभयो ।

    जेसिज सधैँ लोकतन्त्रको पक्षमा रहेकामा जोड दिँदै उहाँले भन्नुभयो, “हामी व्यक्तिको शासन मान्दैनाँै, विधिको शासनका पक्षपाती हौँ, कहीँकतै शासनमा व्यक्ति हावी भए र विधि मिचियो भने जेसिजले देशभर विधिको शासनका पक्षमा वकालत गर्छ ।” जेसिजमा राजनीतिक आस्थाले केही फरक नपार्ने बताउँदैै उहाँले जेसिज राजनीति गर्ने थलो नभएकोे प्रष्ट्याउनुभयो । ‘परिवर्तनका लागि उठौँ, मानव विकासका नेतृत्वका अभ्यासहरु देशभरि’ भन्ने प्रकरणका साथ आफू लागेको उहाँले बताउनुभयो ।

    राष्ट्रिय अध्यक्षको यही प्रकरणमा केन्द्रित रहेर देशभरका जेसिजकर्मीले काम गर्ने उहाँको भनाइ छ । देशभरमा २० हजारभन्दा बढी सङ्ख्यामा जेसिजका सदस्य छन्् । सन् २००४ देखि जेसिज अभियानमा लागेका खनाल सन् २०१० मा २० हजार जेसिज भरतपुर चितवन शाखा अध्यक्ष, सन् २०१२ मा राष्ट्रिय उपाध्यक्ष, सन् २०१३ मा राष्ट्रिय महासचिव र सन् २०१६ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भई सन् २०२१ का लागि राष्ट्रिय अध्यक्षमा निर्वाचित हुनुभएको हो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.