सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लागुऔषध अफिमसहित पक्राउ, भारतीय तस्करको लगानी


  •    न्युजभित्तो/२४ पुष २०७७, शुक्रबार १०:४८ 
  • वीरगञ्ज, २४ पुस । पर्साको कालिकामाई गाउँपालिका वडा नं. १ तिनडोबियाबाट प्रहरीले लागुऔषध अफिमसहित ४० वर्षीय खोभारी प्रसादलाई पक्राउ गर्यो । इलाका प्रहरी कार्यालय पोखरियाले ०७७ असोज २० गते उनको घर खानतलासी गर्दा ८ किलो ५० ग्राम अफिम बरामद गरेको थियो । पक्राउ परेका खोभारी अदालतको आदेशपछि पुर्पक्षका लागि वीरगञ्ज कारागारमा छन् ।

    बिक्री वितरण गर्ने उद्देश्यले लागुऔषध अफिम ठूलो मात्रामा लुकाइ छिपाइ राखिएको सूचनाको आधारमा प्रहरी निरीक्षक दीपक थापाको कमाण्डमा गएको टोलीले अफिम बरामद गरेको थियो । सोफा मुनि कपडामा बाँधेर राखेको अवस्थामा ५० ग्राम र मेनेजर राउत कुर्मीको धान खेतमा सेतो प्लाष्टिकको झोलामा ८ किलो अफिम बरामद भएको थियो ।

    अनुसन्धानका क्रममा खोभारीको बुवा गम्भिरा राउत कुर्मी, गाउँकै शैमुल्लाह आलम भन्ने मरफि मियाँ र ३५ वर्षीय नजिर आलम पनि घटनामा संलग्न रहेको खुल्यो । उनीहरुले योजनाबद्ध रुपमा पटेर्वा सुगौली गाउँपालिका–१ सोनवर्षा बस्ने ५३ वर्षीय अमजद मियाँ भन्ने अमजद मियाँ चुरिहारसँग अफिम खरिद गरेका रहेछन् ।

    चुरिहारसँग सस्तो मूल्यमा खरिद गरेर भारतमा बेच्न लग्ने योजना प्रहरीको छापामारीपछि तुहिएको थियो । उनीहरुले भारत बिहार राज्य पश्चिमी चम्पारण जिल्ला मोतिहारी स्टेशन बस्ने ६० वर्षीय दिनेश गुप्ता, बिहार राज्य पश्चिमी चम्पारण जिल्ला बेतिया सिक्टा बस्ने २५ वर्षीय राकेश राय भर र बेतियाकै २८ वर्षीय महेश राय भरलाई लागुऔषध बिक्री गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न उनीहरु फरार छन् । उनीहरुविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ । फरार अभियुक्तहरुको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

    अभियुक्त खोभारीले प्रहरीलाई दिएको बयानअनुसार लागुऔषध ओसारपसारका लागि भारतीय तस्करले रकम दिने गरेको पाइएको छ । शैमुल्लाह भन्ने मरफी मियाँसँग मिलेर खोभारीले पहिलेदेखि नै लागुऔषधको कारबार गर्दै आएका रहेछन् । कोभिड–१९ का कारण लकडाउन शुरु भएपछि काम ठप्प थियो । लकडाउन खुकुलो भएपछि शैमुल्लाह, नजिर र खोभारीबीच १/१ लाख लगानी गरेर कारोबार शुरु गर्ने सल्लाह भयो । थप रकम भारतीय टोलीसँग मागेर ल्याउने सहमति भयो । सोही अनुसार तीन जनाले १/१ लाख जम्मा गरे र भारतबाट तीन लाख बीस हजार (भारु २ लाख) मागेर ६ लाख २० हजार जम्मा गरिएको खोभारी बताउँछन् ।

    पैसा जम्मा भएपछि असोज १९ गते शैमुल्लाह र भारतीय नागरिक दिनेश गुप्ताले पठाएका महेश र राकेश रायभर अजमद मियाँकोमा गएका थिए । उनीहरुले प्रतिकिलो ७७ हजार ५ सय रुपैयाँका दरले ८ किलो र ५० ग्राम अफिम नमुनाको रुपमा लिएको खोभारीले बताएका छन् ।

    ‘किनेको भोलिपल्ट बिहान ४ बजे नै आएर बुवा र मलाई उठाएर अफिम राख्न दिएका थिए, राति पठाउने भनेर सुत्ने कोठाको सोफामुनि लुकाएर राखेको थिएँ । दिनेश गुप्तालाई ८५ हजारका दरले पठाउने भनी सल्लाह भएको थियो,’ उनले भने, ‘त्यहि दिन राति खाना खाएर सुतिरहेको अवस्थामा प्रहरी आइपुग्यो । बुवा र मैले अफिम भएको झोला घरको छतबाट मेनेजर राउत कुर्मीको धान खेतमा फालेका थियौं । ५० ग्राम सोफा मुनि नै थियो । प्रहरीले फेला पारिहाल्यो ।’

    बरामद गरेको भन्दा बढी परिमाणमा लागुऔषध रहेको सूचना पाएको प्रहरी त्यत्तिकै फर्किएन । थप लागुऔषध कहाँ छ ? भनेर सोधेपछि खोभारीले धान खेतमा फालेको बताएको प्रहरी निरीक्षक थापा बताउँछन् । ‘सूचनाको आधारमा खोभारीको घरमा छापमारी गर्दा अफिम भेटियो । उनलाई तत्कालै पक्राउ गर्यौं,’ प्रहरीले निरीक्षक थापाले भने, ‘अन्य अभियुक्तहरु भारततिर भागेका छन् । हामीले उनीहरुको खोजतलास गरिरहेका छौं ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.