सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपाले न बिधि मान्यो न संबिधान, उनीहरुले एकताको नारा दिदै संबैधानिक अंगलाई आफ्नो प्रभाव र प्रभुत्वको केन्द्र बनाए कांग्रेस नेता:रिजाल


  •    न्युजभित्तो/२४ पुष २०७७, शुक्रबार ०९:४८ 
  • चितवन ,२४ पुस ।  नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले नेकपाले आलु रोपेर स्याउ खोज्दा अहिलेको राजनीतिक दुर्घटना भएको बताएका छन्। गीतानगर जेसिजको पदस्थापना तथा पदहस्तान्तरण कार्यक्रममा बोल्दै डा। रिजालले नेकपाले सहि समयमा सहि निर्णय गर्न नसक्दा यो अबस्था आएको बताएका हुन् ।

    “सरकार बन्नु भन्दा अगाडी नै नेकपाले न बिधि मान्यो न संबिधान, उनीहरुले एकताको नारा दिदै संबैधानिक अंगलाई आफ्नो प्रभाव र प्रभुत्वको केन्द्र बनाए ।” सडक संघर्षमा रहेको प्रचण्ड(नेपाल पक्षलाई व्यंग्य गर्दै उनले भने, “अहिले सडकमा आएको खेमाले निर्वाचन लगत्तै संबिधान कुल्चेको थियो। उनीहरुले एकताका नाममा संसद र संबैधानिक अंगमा भागवण्डा गरे। उनि हरुलाई न कुनै बिधिको चिन्ता थियो न संबिधानको। “

    डा। रिजालले सर्वोच्च अदालतमा रहेको विचाराधीन बिषयमा आफुहरु सर्वोच्चको निर्णय पर्खिरहेको र त्यसलाई स्वीकार गर्ने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री भए लगत्तैबाट संबिधान र बिधिलाई कुल्चने काम गरेको आरोप लगाए।

    कार्यक्रममा बिशिस्ट अतिथी रहनु भएको गीतनगर जेसिजका संस्थापक अध्यक्ष एवम् राष्ट्रिय जेसिजका पुर्व अध्यक्ष जेसिआई सिनेटर दिनेश कोइरालाले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनुका साथै बर्ष २०२०का पदाधिकारीलाई धन्यवाद दिदै बिधिको शासन जेसिजबाट सिक्न आग्रह गरे। नेतृत्वको सहज हस्तान्तरण जेसिजको बिशेषता रहेको प्रस्ट पार्नुुभयो

    नेपाल जेसिजका बर्ष २०२१ का राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले प्रधानमन्त्रीले संसद बिघटन गर्नु बिधि सम्बत् नरहेको भन्दै आवस्यक परे सरकार विरुद्द अभियान संचालन गर्ने चेतावनी दिए ।

    कार्यक्रममा गीतानगर जेसिजको नवनिर्वाचित पदाधिकारीलाई बर्ष २०२० का पदाधिकारीले पद हस्तान्तरण र पदस्थापना भएको थियो। गीतानगर जेसिज बर्ष २०२१ का लागी अध्यक्ष अर्जुन पौडेल, कार्यकारिणी उपाध्यक्ष सागर सुवेदी, शोभाकर पौडेल, उपाध्यक्ष रविन देवकोटा, आरोग्य श्रेष्ठ, नविन आचार्य, निशान्त कोइराला, महासचिव प्रविन पोख्रेल, कोषाध्यक्ष विशाल कोइराला निवाचित भएका थिए । अध्यक्ष पौडेलले बर्ष २०२१ का लागी “आर्थिक समृद्धिका लागी युवा नेतृत्व र उधमशिलता” नारा बनाएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.