सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारतमा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता


  •    न्युजभित्तो/२४ पुष २०७७, शुक्रबार ०८:४८ 
  • काठमाण्डौं, २४ पुस । भारतका विभिन्न ठाउँमा कुखुरा र चरा मर्न थालेपछि नेपालमा पनि उच्च सतर्कता अपनाईएको छ । भारतमा विभिन्न राज्यमा ठूलो संख्यामा कुखुरा मरेका छन् । कुखुरासँगै ती क्षेत्रमा लगभग २७ सय घुमन्ते चरा पनि मरेका छन् । नेपाल–भारत खुला सीमाका कारण त्यसको जाखिम यहाँ पनि उच्च रहेको भन्दै सरकारले उच्च सतर्कना अपनाउन भनेको छ ।

    “भारतमा कुुखुरा र चरा मरेका समाचार सार्वजनिक भइरहेका छन् । भारतमा बर्डफ्लु भएपछि नेपालमा पनि सर्ने सम्भावना उच्च हुन्छ,” पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले भन्नुभयो “नेपालमा पर्ने जोखिम न्यूनीकरण गर्न विभागअन्तर्गतका सबै निकाय रोग नियन्त्रण शाखा, ल्याब, क्वारेन्टाइन, बजेट शाखा र अनुगमन शाखालाई सतर्क रहन निर्देशन दिएका छौं ।”

    विभागअन्तर्गत आठ वटा क्वारेन्टाइन कार्यालय र २४ वटा क्वारेन्टाइन चेकपोस्ट छन् । सबैलाई सतर्क गराइएको ढकालले जानकारी दिनुभयो । व्यवसायीका अनुसार तुलनात्मक रूपमा मासुको भाउ नेपालमा महँगिएपछि भारतबाट तस्करी बढ्दो छ । व्यवसायीकै पहलमा तस्करी गर्ने गिरोहहरू पक्राउसमेत परेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीले बताउनुभयो ।

    जोखिम भएकै कारण उच्च सतर्कता अपनाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले जानकारी दिनुभयो । भारतमा देखिएको बर्डफ्लुबारे तीन–चार दिनयता मात्रै जानकारी पाएको उहाँले बताउनुभयो । उच्च सतर्कता अपनाउन पशु क्वारेन्टाइन कार्यालय काँकडभिट्टा, विराटनगर, वीरगन्ज, काठमाडौं, नेपालगन्ज र गड्डाचौकीलाई लिखित रूपमै सर्कुलर गरिएको उहाँले जानकारी दिनुभयो ।

    पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ दफा ११ को अधिकार प्रयोग गरेर शंकास्पद/जोखिम जोडिएका पदार्थ कुखुराको मासु र मासुजन्य पदार्थमा रोक लगाउन पत्र पठाइएको घिमिरेले बताउनुभयो । विभागका अनुसार दुई वर्षअघि विराटनगर र रसुवामा करिब २२ हजार कुखुरा नष्ट गरिएको थियो । अहिले पनि बडफ्लुको उच्च जोखिम देखिएको छ । बर्डफ्लु नेपाल भित्रिए किसानलाई दिनुपर्ने राहतका विषयमा पनि छलफल भइरहेको सूचना अधिकारी ढकालको भनाइ छ । बिहीबार भएको छलफलमा क्षतिपूर्तिका लागि अर्थ मन्त्रालयसँग रकम माग गर्ने निर्णय भएको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.